30 January, 2014

किशोरकिशोरीको डरलाग्दो परिवेश



साथीहरु नमस्कार ! 
पछिल्लो २वर्षमा मैले बिभिन्न युवाक्लब/समुहहरुमा किशोर/किशोरीका समस्याबारे गरेको अंतर्क्रियाहरुमा, उनीहरु बाट ब्यक्त गरिएका समस्याहरुबाट केही तपाईहरुका समक्ष राख्दै छु । सहभागीहरु टीनएजर्स तपाईं हाम्रो परिवेश कै थिए. उनीहरुले केही ब्यक्त गरेका बिचार यस प्रकार छन् ।

·       आमाबाबुले मेरो कुरा पटक्कै बुझ्नुहुन्न ।
·       सांच्चै भन्ने हो भने मेरो घरै छैन ।
·       घरबाट भाग्न मन लाग्छ ।

23 January, 2014

हाई क्वालिटी भिडियो प्लेएरका साथै टी भी , यु ट्यूब र रेडियो को पनी आनंद लिनुहोस .




नमस्ते साथी हरु,
यस पटक तपाईंका लागी एउटा यस्तो प्लेएर ल्याएको छु जस बाट हाई क्वालिटीको भिडियो चलाउनु का साथै यु ट्यूब को भिडियो, लाईभ टीभी हेर्न र रेडियो पनी सुन्न सकिन्छ. 

आज भोली हाई क्वालिटीका भिडियो चलन चलतीमा छन जसलाई पुराना भिडियो प्लेयरले सपोर्ट गर्दैनन. तेस्लाई चलाउन आधुनिक भिडियो प्लयेर चाहिन्छ. तेसो त इन्टरनेटमा धेरै किसिमका प्लेयरहरु उपलब्ध छन. तर यो प्लेयरले सबै फर्मेटका हाई क्वालिटी का भिडियो चलाउनु का साथै लाईभ टी भी, रेडियो र यू ट्यूबका भिडियो पनी हेर्ने सुबिधा दिन्छ.
    

यस रेडियो बाट नेपाल लगाएत विश्व भरीका कुनै पनी देशको एफ एम् स्टेसन सुन्न सकिन्छ . मेची देखि महाकालीका बिभिन्न ठाउका एफ एम् सुन्न का लागी प्रयोग गर्न सकिन्छ . तपाईं 
अनलाइन काम गर्दै रेडियो सुन्न चाहनु हुन्छ भने टूल्स tab बाट shoutcast मा जानु पर्छ . पहिलो पटक रेडियो स्ट्रीमिंग गर्छ. सर्चमा गएर नेपाल, इंडिया वा अन्य कुनै देश को नाम सर्च गरेमा त्यहाँ उपलब्ध स्टेशन को सूचि देखाउछ, आफूलाई मनपर्ने स्टेशन छनोट गरी सुन्नु होस.   .
 यस बारे अझ बढ़ी बुझ्न र यो प्लेयर डाउनलोडगर्न यहाँ क्लिक गर्नु होस    
---------------------------------------------------
अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 
 

15 January, 2014

जुनसुकै वेवपेजलाई पीडिएफ वा इमेजको रुपमा सेव गर्नुहोस ।




कहिलेकाहि  इन्टरनेटमा सर्फिग गरी रहेका बेला हामीलाई  कति पटक मनपरेको
सामग्रीलाई सुरक्षित गर्न मन लाग्छ तर समस्या आउछ कसरीगर्ने । प्रिन्ट स्क्रीन  ले त्यति काम लाग्दैन । एउटा सीमित पार्ट लाई मात्र सेव गरिन्छ । अर्को कुरा त्यो चित्रको रुपमा हुन्छ । त्यसलाई अन्य उपयोग कालागि कपि गर्न काम नलाग्ने । यस्तै बेलामा काम लाग्ने एउटा उपाय ल्याएको छु ।

11 January, 2014

छोराछोरीलाई कस्तो बनाउने



 नमस्ते साथीहरु
अलि ब्यस्त भएको कारणले यस पालीको पोस्ट केही ढीला हुन गएको छ . यसपटक छोराछोरी हुर्काउने बारे केही कुरा ...

छोराछोरीलाई कस्तो बनाउने

हंसिलो बनाउने । 


बर्षाको मौसम। तराईतिर रात भरी मुसलधारे पानी । बिहान उठदा चारै तिर पानी पानीशान्ति भान्साको काममा ब्यस्त थिइन । काम धेरै बांकी छ केटाकेटीलाई स्कुल पठाउने चटारो । यत्तिकैमा छोराछोरी दुबै आए, ठुलो स्वरमा भने , “मम्मी , आहा  आज नाउ बाट स्कुल जान पर्ने भयो । नाउ बोलाउन फोन गर्नु पर्यो। शान्ति पनि कहां कम थिइन र . हांस्दै भनिन,तिमीहरुलाई स्वीमिग सिकाएको बल्ल काम लाग्ने भो । स्वीमिग गर्दै जाने आज । सबै हास्न थाले । उता छिमेकीको घरमा अर्कै दृश्य थियो । त्यहां छोरा रुदै झगडा गर्दै थियो, “नाई आज स्कुल जान्न । कसरी जाने स्कुल यस्तो पानीमा। आमालाई फकाउन हम्मे हम्मे । 

07 January, 2014

आधुनिक उखान टुक्का




 

आज भोली रिमिक्सको जमाना, उखान टुक्का पुराना त हुदैनन तर सन्दर्भ 

पुराना भये . तेसो भये अब  के गर्ने त ? बाजे बराजुका पालाका पुराना 

उखान टुक्का आजको जमानामा रिमिक्स गर्ने . केही उखान टुक्का अली 

फरक रूपमा रिमिक्स भएर आएका छन. यसैको आनंद लिनुहोस 


Related Posts Plugin for WordPress, Blogger...