14 February, 2014

वेलेंटाइन डे गिफ्ट - C Cleaner को बिजिनेस वर्जन डाउनलोड गर्नुहोस !


साथीहरु नमस्ते ,
कम्प्युटर किन्दा त नयां मोडेलको हाई फाई नै किनेको  तर दुई तीन महिना मै एकदमै स्लो भएर हयांग हुन थाल्छ र केही समय पछि काम नै गर्न सकिन्न ।यस्तै कहिले काहि कम्प्युटर खुल्न मा नै धेरै समय लाग्ने, कहिले कुनै प्रोग्राम खोल्न खोज्दा चाडै न खुल्ने आदि समस्याले दुख दि रहेको हुन्छ ।  यो हामी सबैले अनुभव गरेको कुरा हो । कम्प्युटर हयांग र स्लो हुने धेरै कारण हुन्छन । मुख्य कारण हामी ले काम गर्दा बन्ने टेम्परेरी फाइल, अनावश्यक र बिग्रेका रजिस्ट्री फाइल र मेमोरी मा डम्प भएका अनेकौ. प्रकार का सर्टकट र स्टार्टअप मा अनावश्यक प्रोग्राम हरु जो जबरजस्ती आएर बसेका हुन्छन ।
घर जति राम्रो भए पनि बढार्ने कुचो छैन भने चाडै नै फोहोरो भई हाल्छ  भने झै  तपाई को कम्प्युटर जति सुकै फास्ट भएता पनि क्लीनअप टुल छैन भने अधुरो नै मानिन्छ ।

12 February, 2014

आमाबाबु ले कुरै बुझ्नुहुन्न


साथीहरु, नमस्ते 
पछिल्लो अंकमा मैले किशोरकिशोरीहरु सित अंतक्रिया गर्दा उनीहरुले उठाएका केही प्रश्न बारे चर्चा गरेको थिएँ .  तेसैको कड़ी को रुपमा आज को लेख . यस बिषयलाई सामान्यतया जेनेरेशन ग्याप भनेर हलुका ढंगले लिने गरेको छ .  तर जेनेरेशन ग्याप भन्दा पनी एक अर्काको भावना लाई बुझने प्रयत्न को रुपमा लिनु राम्रो हुन्छ होला .            
 




किशोरकिशोरीका कुरा
 
आफ्नो कुरा बुझिदिउन भन्ने सबैको चाहना हो । यो स्वाभाविक हो । मानवीय गुण हो । तर आफुलाई राम्रो लाग्ने वा मनपर्ने कुरा आमाबाबुले मन पराई दिएनन भने कसलाई चित्त दुख्दैन र ?  
र धेरै जसो परिवारमा किशोर किशोरी र आमाबाबू बीच यस्तै समस्या देखिन्छ ।

शनिवारको दिन । सौगातले म्युजिक प्लेयरमा एउटा नया लोकप्रिय अंगे्रजी पपगीत बजाई रहेको 

थियो । मर्निगवाक बाट फर्केर बाबु घर आउदा के मूड चलेछ कुन्नी, एक्कासी तलैबाट 

चिच्याए,“बन्द गर , एक बिहान यस्तो गीत । भक्तराज आचार्यको भजन बजाए हुदैन ? .....“

परिणाम, बाजा पनि चुप, बाबु पनि चुप । उता छोरो भुनभुनाई रहेको थियो, “यही भएर घरमा बस्नै मन लाग्दैन  
किन गर्छन आमा बाबु यस्तो ?

06 February, 2014

NINITE: सोफ्टवेयर अपडेट र इनस्टॉल गर्नका लागि सजिलो, fast र safe तरीका




नमस्ते साथी हरु ,
आज तपाईंहरुका लागी सफ्टवेयर इंस्टाल गर्नका लागी सबै भन्दा सजिलो, fast र safe  तरीका ल्याएको छू त्यो हो  NINITE :
मैले अाफैले सफ्टवेयर अपडेट गर्नु परेमा यसैकाे प्रयाेग गर्छू । निनिट काे हाेमपेज मा गएर अाफुलाइ चाहिएकाे सफ्टवेयर मा टिक लगाएर  Pick the apps you want मा  दिएकाे  लिस्ट मा  चिन्ह लगाएर GET YOUR NINITE मा क्लिक गर्नुहाेस ।
के हो NINITE:? 

सफ्टवेयर डाउनलाेड गरि इन्सटल गर्न  NINITE प्रयाेेग गर्नुहाेस । 

 हामीलाई ल्यापटप वा डेस्कटपमा बिभिन्न कामका लागी थरी-थरीका सफ्टवेयर चाहि राखेको हुन्छ तर इन्टरनेटबाट सफ्टवेयर डाउनलोड गरेर राख्दा, धेरै पटक सुरक्षित नहुन सक्छ ।  अनावश्यक अन्य टूल हरु र न चाहिदा टूलबारहरू जबरजस्ती इंस्टाल हुन्छन, 

दाेस्राे कहिले नेक्स्ट नेक्स्ट ओके, यस, नो आदि को झंझट हुन्छ. सफ्टवेयर पुरानो वर्जन पर्यो भने नया वर्जन खोज्नुपर्ने अर्को समस्या . यी सबै झंझंट बाट मुक्ति दिन्छ NINITE ले . 

01 February, 2014

सिनेमाका कुरा

नमस्ते साथीहरु,



सानैदेखि सिनेमा भनेपछि हुरुक्क हुन्थे म । अझै पनि हुन्छु ।

हाम्रो जीवनको बिविध पक्षमा हिन्दी सिनेमाले प्रभाव पारेको हुन्छ– प्रत्यक्ष वा परोक्ष रुपमा । अझ चलचित्रको (बिशेषगरी पचास देखी सत्तरीका दशक ताकाका) गीतले जीवनका बिविध पक्ष समेटेको हुंदा हाम्रो मानसिक अवस्था सित ठ्याक्कै मिल्ने गीत सित हामी जोडिदै गएका हुन्छौ ।

तर यसको शुरुवात भने आज भन्दा सय वर्ष पहिला  ३ मे, १९१३ मा भयो ।  त्यसदिन ढुंढिराज गोविन्द फाल्के ले “लाइट“ “क्यामरा“ “एक्शन“ भन्दै पहिलो फिचर फिल्म रिलिज गरे – राजा हरिशचन्द्र ।

यसबारे कुनै दिन कुरा गरांैला ।  आज बोल्ने सिनेमा का कुरा गर्न मन लाग्यो ..........
   -----------------------------------------------------
– १४ मार्च १९३१, हिन्दी सिनेमाका लागि ऐतिहासिक दिन । पहिलो पटक बम्बईको म्याजिस्टिक टकिजमा बोल्ने सिनेमा रिलिज हुंदै थियो ।

यसका निर्माता निर्देशक थिए अर्देशर ईरानी । यस भन्दा पहिला बोल्ने सिनेमा भारतमा बनेका थिएनन् ।
Related Posts Plugin for WordPress, Blogger...