30 June, 2016

रामदेव बाबा पतन्जली स्टाेर र साेनपापडी

                  रामदेव बाबा पतन्जली स्टाेर र साेनपापडी



जेठ महिना , प्रचन्ड गर्मी , २०/३० जना अटाउने एउटा सानो हल। एयर कन्डीशन न भएको र हावाको लागि २ वटा सीलिग पंखा घुमी रहेका थिए । टेलीभिजन क्यामरा तयार पारिदै थियो । केही अासनी हरु बिछाइको थियो भुईमा । बीचमा तखत थियो सेतो कपडा ले छोपेको  र त्यहां तखत मा पनि केही आसनी राखिएको थियो । सात आठ जना स्वयम सेवक  यता उता गरि रहेका थिए । दृश्य हो - कृपालु बाग आश्रम को । केही समय को प्रतीक्षा पछि गेरुवा बस्त्र धारण गरेका,  काठ को खडाउ लगाएर बाबा रामदेव को प्रबेश भयो । उनका पछि सेतो बस्त्रधारी अन्य दुई जना पनि थिए , आचार्य कर्मवीर र आचार्य बालकृष्ण ।  भी अाकार भनाै वा तीर आकार , बनाएर तीनै जना बसे । अगाडी बाबा रामदेव र संगै तर अलि पछाडी जस्तो मा दुबै आचार्य हरु ।  सधै झै बाबा घुंडा मारेर बसे र बायां हात घुंडा माथी राख्दै दाहिने हत्केला आकाश तिर   फर्काए ......... यो बेला थियो उनकोे अनुलोम बिलोम प्रायाणाम को .....

....बाबा रामदेव को नाम आउंदा धेरै कुरा को सम्झना आउछ । .... आज भन्दा १२ १३ वर्ष पहिला..... भर्खर भर्खर बाबा रामदेवको कार्यक्रम टीभी मा आउन लागेको थियो । साझै बिहानै, जता ततै मानिसले दुबै हात का नङ घोटेको देखिन्थ्यो... कपाल कालो गराउन ।


 बाबा लोेकप्रिय हुदै गए । मानिसहरु लाई योग प्रणायामको लत लाग्न थाल्यो । बाबाले स्वास्थका बारेमा के खानहुने, के नहुने आदि बारे बताउन थाले । बाबाले दैनिक प्रसारण हुने क्याम्पमा बिभिन्न थरी  घरेलू औषधी बताउन थाले । अन्य कम्पनीका औषधी ब्यवसायी ले कसरी लुटदै छन भन्ने जानकारी पनि दिन्थे । 
ठांउ ठांउमा पतन्जली को पसल खुल्न थाले । हामी जस्ता मानिस अनेक थरी का सामान  साबुन, शेम्प, मंजन, दलिया, आवला केन्डी, र अनेक थरी का चूर्ण आदि ल्याउन थाल्यौ ।
यस पछि को सम्झना झन रोचक छ...

आस्था च्यानल बाट बाबाले कालो धन बारे खुब चर्चा गर्ने गर्थे । बिहानै साझै मन्त्र घोके जस्तै कालो धन को तथ्यांक बाबाले सुनाउदा मन गदगद् हुन्थ्यो । ती तथ्यांक र बाबा ले भन्ने शैली  यति मनभोहक हुन्थ्याे ...   हामी सांस रोकेर आनन्दका साथ सुन्ने गथाैै  मानौ ती धन स्वीस बैक बाट सीधै हाम्रै खातामा आउदैछन । 
 किन हो कुन्नी , आज भोली ती तथ्यांक सुनिदै सुनिन्न ।

 जेहाेस, हामी सबैले कालोधनको तथ्यांक घोक्न थाल्यौं । सुन्दै आनन्दलाग्ने....शरीर मा सांच्चै फुर्ती आए जस्तो लाग्ने कुरा सुन्दा .... खास गरी ठुला नोटको प्रचलन बन्द गर्ने प्रस्ताव सुन्दा ।  भ्रष्ट्राचार ले गांजेको हाम्रो  देशमा पनि घुसलाई ट्रकमा पठाउन पर्छ भन्दै  कल्पना गर्दा .... 

मेरो बुझाइमा बाबा ले योग सम्बन्धी ठुलो उपहार दिए जनता लाई । हामी आफ्नो स्वास्थ्यबारे सजग भयौ । बिलुप्त हुन लागेको योग पनि बिश्व भरी फैलिदै गयो ।


एक दिन कुनै पतन्जली स्टोरमा गएको त्यहां साेनपापडी पनि रहेछ । हेर्न भनी मांगे, पसले ले सात थरी काे साेनपापडी देखायो । एउटा किने र घर आएर खांदा केही पछुताे  जस्तो लाग्यो । खै त स्वास्थ्य प्रति सचेत भएको । कहां  त स्वच्छ घरेलू खान पान, स्वास्थ्य प्रति सचेत भएको, यस्ता कुरा खान हुदैन भन्दै हामी पतन्जली खोज्दै हिडेकाे  र आखिरमा आएर  त्यही सोन पापडी मा हाम फालिएछ ।  

मलाई लाग्छ,  पतन्जली ले यस्ता कुरा बेच्न हुदैन थियो । यसै  पनि यी सामान पतन्जली को उत्पादन होइन । उसले  त मार्केटिग मात्र  गरेको हो ।  यही हेर्नुहाेस चित्रमा ।
छिन्दवाडा म.प्र काे सुरधेनु को सोनपापडी लाई किन मार्केटिग गर्नु पर्यो । उता रामदेव बाबा भन्दैछन , हमने ये काम ब्यापार के लिए नही उपकार के लिए किया है । अब यो ब्यापार हो कि उपकार , उनै जानून । 
समुद्रमा बनाइने नून हरिद्धार मा पनि बन्छ भन्ने मलाइ त लाग्दैन तर पनि पतन्जलीको नून भन्दै हामी किन्ने गरेका छौ । 







एक पटक तारे होटलमा बास बस्ने मौका जुरेको थियो । बिहान को नाश्तामा नया कुरा देखियो – मुसली । पहिलो पटक खाएको  राम्रै लाग्यो तर के हो  याे  मुसली । केही बेग्लै बोेट हुन्छ कि अनि त्यसैबाट बनाएको .. तेती बेला केही थाहा  पाइन  । तर पछि पतन्जली स्टोर मा मुसली देखे पछि थाहा पांए । नाम मात्रै डराउन दिने खालको  रहेछ । चीज त तीनै   हामी ले जाने सुनेका नै रहेछन ।

धेरै पटक त हामी नामै ले मात्र डराउछौ कि क्या हो ।

एक दिन,  टीभी खोलेको  बाबा को प्रेस कन्फ्रेस चली रहेको  रहेछ । पतन्जली को घिउ सम्बन्धी केही लफडा थियो । बाबा जंगिदै थिए -  ठूला कम्पनी ले षडयन्त्र गर्दै छन ... पतन्जली लाई बदनाम गराउने चाल हो । .....
 उनले लिस्ट बताउदै थिए, फलाना फलाना माथी मुद्धा हालेको छू । फलाना फलाना माथी जाहेरी दिएको छू ...

सांच्चै भन्ने हाे भने मैले यस्ता चाल, षडयन्त्र केही बुझदैन । यी सबै कि त नेता हरूले भन्छन कि बाबा हरूले ।    ठूला मान्छे का धेरै ठुला कुरा हुन यीनी । कसले षडयन्त्र गरेको हो । कसको के चाल हो । यी सबै टाउको दुखाउने कुरा हुन ।

उता बाबा लिस्ट सुनाउदै थिए , यता मन मनै म डराउंदै थिए । एक पटक, केही समय पहिला बाहिर गएको बेला पतन्जलीको सामान बारे चित्त नबुझेको, केही उत्पादन ले काम नगरेको आदि बिषयमा गुनासो गरेको थिए । कतै कुनै दुश्मनले बाबाका समक्ष कुरा पुगायो कि ? कतै बाबाले मलाइ पनी मुछेर मुद्धा सुद्धा को कारवाही चलाउन थाले र जेल पठाए भने के गर्ने होला । मेरो त जमानत गराउने पनि कोही छैन ।

त्यसबेला  एउटा बिद्धान ले भनेको सम्झना आयो ... शिक्षित बन , संगठित होउ र संघर्ष गर ... कुरा महत्वपूर्ण लाग्यो । आज भोली  हाम्रो संगठन छैन भने सत्य कुरा पनि राख्न सकिदैन  र हामी जस्तो सानो तिनो बुद्धिजीवी भन्ने बर्ग त झन बढी  डराउंछ ।

हामी ले त कसैैलाई उजुरी पेटी मा त के सामान्य चिठी लेख्न पनि डराउछौ ।

डराउदै पनि यति त सुझाव दिन मन लागेको छ  पतन्जली का सामान अझै सस्तो हुनु पर्ने । प्राफीट मार्जिन अझ घटाउनु पर्ने । तथ्यांक त बाबा ले भन्दा बढी कसलाई थाहा होला । धेरै केही भन्न पनी डर लाग्ने .. मुद्धा मामिला को नामै ले ।
बाबाको मूल उद्देश्य योग लाई लोकप्रिय बनाउंदै आयुर्वेदिक चिकित्सा प्रणाली लाई बिकसित गर्दै, प्रोत्साहन गर्दै अगाडी बढाउनु हो जस्तो लाग्छ तर आज सोन पापडीले  उद्देश्य कतै हराए जस्तो लाग्यो  ।

      दाहिने हातको बुढी औला ले दाहिने नाक को प्वाल छोपेर, तनक्क सांस तानेर, त्यही हातको साहिली औलाले छोपेको प्वाल खोल्दै र सांस फाल्दै   "मलाइ केही चाहिन्न" भनी भनी दुइ हजार करोड को साम्राज्य बनाउन सफल भए बाबा ।

अब आउदैछ पावरभिटा । बर्नभीटा, हर्लिक्स र कम्पलान लाई उछिन्न र पतन्जली कम्पनी लाइ  दुइ हजार करोड बाट छ हजार करोडमा पुगाउन  र  यसको मार्केटिग र बिज्ञापन गर्न आएका छन म्याकेन (McCann) र मुद्रा (Mudra) जस्ता कर्पोरेट जगत का ठूला बिज्ञापन कम्पनी । 

अाज लाइ यत्ती   ......................................................................................
 सानेा अनुरोध :
यो लेख तपाई लाई कस्तो लाग्यो ? यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 
यदि तपाईलाई यो लेख मन पर्यो भने हौसला बढाउन लाइक गरी दिनुहोला ,  धन्यवाद  



1 comment :

Related Posts Plugin for WordPress, Blogger...