Showing posts with label Life Style. Show all posts
Showing posts with label Life Style. Show all posts

16 June, 2016

बफे सिस्टम.....एउटा अनुभव.

                                                         "बफे सिस्टम"


गत महिना एउटा विवाहको निमन्त्रणा आएको थियो ।  जाउ कि नजाउ भन्ने कुरा मनमा खेली रहेको थियो । निमन्त्रणा दिने मेरै पुराना साथी, त्यसैले जान त करै परेको तर चिन्ताको कारण थियो  "बफे सिस्टम"

आधुनिक सभ्यता भन्दै धेरै कुरा हामीले आफ्नो जीवनशैली मा राखेका छौ । त्यस मध्ये एउटा हो  "बफे सिस्टम"
मलाइ ती सज्जन, जसले निमन्त्रणा पठाउनु भएको थियो उहा लाइ त साह्रै शर्टकट भयो तर बिचारा पाहुनाहरु को कुरै न गरौं ।

बफे पार्टी हाे कि रणभूमि ......

- बफे पार्टी को दृश्य हेर्नुहोस,  प्राचीन कालमा हुने कुनै रणभूमि भन्दा कम हुदैन । आयोजक रुपी सेनापति
को संकेत पाउना साथ, ढाल तलवार जस्ता चम्चा प्लेट लिएर भोकाएका सैनिक जस्तै किल्ला फत्ते गर्न सबै पाहुना  "भोजन मंच" तर्फ आक्रमणको मुद्रामा  ओहिरिन्छन ।

- प्लेट, चम्चा, डोंगा, डाडु सर्विस प्यान आदि सबैको समवेत स्वर ले युद्ध भैरहेको भान दिदैन र ?

- आ-आफ्ना  प्लेटमा बिभिन्न परिकार राख्नका लागि  सैनिकहरु जस्तै संघर्ष गर्दै गरेका पाहुनाहरु ।
- जसले त्यहा उपलब्ध बिभिन्न पकवान राख्न सके, ती सफल सैनिक र जसले सकेनन ती मैदान छोडेर टाढा जान्छन हारेका सैनिक जस्तै ।

मध्यकाल मा कुनै सुन्दरी लाई हासिल गर्न का खातिर कुशल र शक्तिमान फर्मुला लागु हुन्थ्यो त्यही फर्मुला यहां पनि लागु हुन्छ ।
- आफ्ना अगाडी राखेको सुस्वादु भोजन जति सक्छौ त्यति तान ।
- गोडा राम्रै सित जमाएर उभिनु , पछाडी का ले जति सुकै प्लेट चम्चा ले खैजडी बजाउन, आफ्नो प्लेटमा राम्रा राम्रा राम्रा  मासुको पीस न आउदा सम्म डेग न चल्नु ।

बफेपार्टी खानु पनि यौटा कला हो ।

ती मानिस लाई कलाकार नै मान्नु पर्छ जसले बफे पार्टीमा पेटभरी टन्न खाएर निष्कलंक बाहिर निस्किन सफल हुन्छन ।

पहिला समस्या बफे मा यही हुन्छ कि जे हामी ले खाइ रहेको छौ, त्यसको नाम के हो ?
बिभिन्न ट्याग लगाएका ब्यन्जन लाई आफ्ना प्लेटमा राखेर जुन "खिचडी" खाइ रहेको

छौ त्यसलाइ के भनेर सम्बोधन गर्ने होला । म आफै कति उदार, खाइ रहेको तर के

खाइ रहेको थाहा छैन ।


धर्मनिरपेक्षता को उदाहरण ...

धर्मनिरपेक्षता को उदाहरण बफे भन्दा राम्रो के होला र ?  चटनी रायतामा, राइतो दालमा, दाल पापडमा, पापड

मटन करीमा, मटनकरी रोटी मा रोटी पुलावमा, पुलाव मुर्गरोस्टमा र मुर्गरोस्ट चटनीमा । सबै चीजमा सबै

चीजको स्वाद छ तर पारखी ले मात्र भन्न सक्ने ।

हाम्रो शास्त्र र बफे....

हाम्रो शास्त्रमा  भनिएको छ
- भोजन गर्दा शान्त भएर, आनन्द मन ले, निश्चिन्त भएर बस्नु पर्छ ।

- भोजन लाई चपाइ चपाई खाएमा चाडै हजम हुन्छ र स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ । तर बफे स्टाइलमा सबै कुरा उल्टो हुन्छ ।

- पहिलो कुरा,  बफे मा मानिस शान्त नै हुन सक्दैन ,पहिलो त यही चिन्ता हुन्छ प्लेट कसरी भर्ने हो ? एक पटक कुनै परिकार लिन चुक्यो भने, चुक्चुकाउने मात्र हुन्छ ।
 जसो तसो प्लेटमा स्तुपा बनाएर कुनै तरीकाले भीड लाई छिचोल्दै बाहिर आयौ । अब मानिस भेट भए कुरा त भइ हाल्ने भयो ।

कस्ता कुरा हुन्छन
नमस्कार..... सन्चै? ...,
-"यहा ब्यवस्था अलि राम्रै लाग्यो । जे होस भुटुवा त मिठो बनाएका रहेछन ।"
"भुटन ? कहां थियो ? मैले देखिन त ?"

"ओहो पाउनु भएन ?" "उ त्यहां रशियन सलाद को छेउमा जानुस जानुस ।"

आफ्नो प्रसन्न मन लाई बेचैन बनाउदै फेरी पसियो - त्यही

भीडमा "भुटवा" खोज्दै । आखिरकार भुटुवा को साटो

गोलभेडाको चटनी लिएर फर्के । मलाइ मृगतृष्णा

देखाएका मित्र बेपत्ता भएछन् ।

   कता कता  मन मा च्वास्स कांडा बिझे जस्तो भयो ।

कहां गए ती दिन आज तीस चालिस वर्ष पछि पनि सम्झना

आइ रहने । जहां निम्ता दिनेले आफ्ना पाहुना लाई कति प्रेमले

मीठो बोलीले स्वागत गर्दै प्रेम पूर्वक, "अलिकति  त थप्न पर्छ"

भन्दै ख्वाउने गर्थे । कति विनम्रता । ख्वाउने र खाने परम्परा

को यस्तै रमाइलो वातावरण ।

 तर, यस बफे भन्ने मा त कुन्नि किन हो ,  निम्ता दिने मानिस खुशी नभएको जस्तो लाग्छ मलाई । रिसाएर कतै गए जस्तै ।
पहिलो कुरा त उ देखिदै देखिन्न । क्याटरिगवालाले खाना लगाइ दिएका छन । मन लागे खानुहाेस मन छैन भने न खानुस ।

आधुनिक सभ्यता को यही बिशेषता हो - अरुको मर्यादा गर्न न थाल आफ्नो लक्ष्यमा अर्जुन दृष्टि लगाउ ।

अफिस जाने बेला जस्तै,  कुनै माइक्रो वा टेम्पो आयो भने मानिस चढन दौडे जस्तै ।

-शिष्टाचार लोकाचार ले काम चल्दैन ।

-महिला प्रति वा कुनै ज्येष्ठ नागरिक प्रति धेरै शिष्ठाचार देखाउन थाल्ने हो भने भोकै बस्नु पर्ला , बस पनि छुटला भने जस्तै ।

-आफ्नो काम बनोस अरु जहां सुकै जाउन । यही हो आजको ब्यक्तिवादी सामाजिकता ।

बफे पनि यही "मोडर्न एज" को देन हो । यहां निम्ता दिने ले बफे को इन्तजाम गरि दिएको छ । अब तपाई को "तत्परता," "कर्मठता" र "आत्मविश्वास" को परीक्षा हो । आफ्नो प्लेट भर्ने हो । जसरी भए पनि-  छल बल कौशल देखाउनु पर्ने बेला यही हो ।

तर कुन्नी किन हो यस्तो छल बल कौशल को सभ्यता ले मेरो मन आत्तिन्छ । यस्तो माया पनि के माया जहां मानिस लाई तछाड मछाड मा धकेलि दिन्छन ।
बरु सांझ घर गएर जाउलो खाउला तर पुराना साथी ले बोलाएको बफे पार्टी मा त जानै पर्यो भन्ने निर्णय गरे ।
 -----------------------
आज लाई यत्ति...

एउटा अनुरोध :
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद  

29 May, 2016

देख्लान भन्ने चिन्ताले पिराेलेकाे मन.......

 "२०० च्यानल छन ..तर मन किन रमाउदैन, आनन्द किन आउदैन ?

धेरै कुराहरु लुकांउदा लुकाउंदा हाम्रो मन मस्तिष्क मा यति धेरै बोझ पर्न लाग्यो र पनि हामीलाई यदि ब्लड प्रेशर, शुगर, हार्ट प्राब्लम वा थायराइड देखिएन भने चमत्कार नै मान्नु पर्छ । 


चिठी .....सबैका साझा


अाज जति बेला हामी सबै कुरा लुकाउदै छाै , एउटा युग त्यस्तो पनि थियो, जहां घरमा कुनै चिट्ठी आएको छ भने त्यो चिठीपत्र घर भरीका लागि सबैका साझा मानिन्थ्यो ।

28 February, 2016

ती दिन... ती सम्झना ............कथा होल्डाल को

ती दिन... ती सम्झना ....
आज घरको स्टोररुममा सरसफाई गर्दा पुरानो जमानाको होल्डाल भेटाए । अचानक मलाई ४० बर्ष पहिला ती दिनको सम्झना आयो । आज तेसै को बारेमा केही कुरा शेयर गर्न मन लाग्यो .....

तेती बेला कतै यात्रा वा औषधी गराउन पयो वा तीर्थ आदि जानु पयो भने बाटोमा ओढने, बिछाउने, एक दुई वटा दोलाई सीरक, काम्लो इत्यादि सबै लिएर हिडने गरिन्थ्यो । फस्र्ट क्लास भएपनि रेलमा आफ्नो ओढने बिछाउने लिएर मानिसहरु हिडने गर्थे । ती सबै ओढने बिछाउने राख्नको लागि होल्डाल हुन्थ्यो । होल्डाल, घरमा न भएमा फलानोको घर छ भन्दै मागेर ल्याउने पनि गर्थे । नहुनेले चांही दरी, तन्ना को भएपनि गुन्टा भने बनाएर लैजाने गर्थे । 

12 February, 2014

आमाबाबु ले कुरै बुझ्नुहुन्न


साथीहरु, नमस्ते 
पछिल्लो अंकमा मैले किशोरकिशोरीहरु सित अंतक्रिया गर्दा उनीहरुले उठाएका केही प्रश्न बारे चर्चा गरेको थिएँ .  तेसैको कड़ी को रुपमा आज को लेख . यस बिषयलाई सामान्यतया जेनेरेशन ग्याप भनेर हलुका ढंगले लिने गरेको छ .  तर जेनेरेशन ग्याप भन्दा पनी एक अर्काको भावना लाई बुझने प्रयत्न को रुपमा लिनु राम्रो हुन्छ होला .            
 




किशोरकिशोरीका कुरा
 
आफ्नो कुरा बुझिदिउन भन्ने सबैको चाहना हो । यो स्वाभाविक हो । मानवीय गुण हो । तर आफुलाई राम्रो लाग्ने वा मनपर्ने कुरा आमाबाबुले मन पराई दिएनन भने कसलाई चित्त दुख्दैन र ?  
र धेरै जसो परिवारमा किशोर किशोरी र आमाबाबू बीच यस्तै समस्या देखिन्छ ।

शनिवारको दिन । सौगातले म्युजिक प्लेयरमा एउटा नया लोकप्रिय अंगे्रजी पपगीत बजाई रहेको 

थियो । मर्निगवाक बाट फर्केर बाबु घर आउदा के मूड चलेछ कुन्नी, एक्कासी तलैबाट 

चिच्याए,“बन्द गर , एक बिहान यस्तो गीत । भक्तराज आचार्यको भजन बजाए हुदैन ? .....“

परिणाम, बाजा पनि चुप, बाबु पनि चुप । उता छोरो भुनभुनाई रहेको थियो, “यही भएर घरमा बस्नै मन लाग्दैन  
किन गर्छन आमा बाबु यस्तो ?

30 January, 2014

किशोरकिशोरीको डरलाग्दो परिवेश



साथीहरु नमस्कार ! 
पछिल्लो २वर्षमा मैले बिभिन्न युवाक्लब/समुहहरुमा किशोर/किशोरीका समस्याबारे गरेको अंतर्क्रियाहरुमा, उनीहरु बाट ब्यक्त गरिएका समस्याहरुबाट केही तपाईहरुका समक्ष राख्दै छु । सहभागीहरु टीनएजर्स तपाईं हाम्रो परिवेश कै थिए. उनीहरुले केही ब्यक्त गरेका बिचार यस प्रकार छन् ।

·       आमाबाबुले मेरो कुरा पटक्कै बुझ्नुहुन्न ।
·       सांच्चै भन्ने हो भने मेरो घरै छैन ।
·       घरबाट भाग्न मन लाग्छ ।

11 January, 2014

छोराछोरीलाई कस्तो बनाउने



 नमस्ते साथीहरु
अलि ब्यस्त भएको कारणले यस पालीको पोस्ट केही ढीला हुन गएको छ . यसपटक छोराछोरी हुर्काउने बारे केही कुरा ...

छोराछोरीलाई कस्तो बनाउने

हंसिलो बनाउने । 


बर्षाको मौसम। तराईतिर रात भरी मुसलधारे पानी । बिहान उठदा चारै तिर पानी पानीशान्ति भान्साको काममा ब्यस्त थिइन । काम धेरै बांकी छ केटाकेटीलाई स्कुल पठाउने चटारो । यत्तिकैमा छोराछोरी दुबै आए, ठुलो स्वरमा भने , “मम्मी , आहा  आज नाउ बाट स्कुल जान पर्ने भयो । नाउ बोलाउन फोन गर्नु पर्यो। शान्ति पनि कहां कम थिइन र . हांस्दै भनिन,तिमीहरुलाई स्वीमिग सिकाएको बल्ल काम लाग्ने भो । स्वीमिग गर्दै जाने आज । सबै हास्न थाले । उता छिमेकीको घरमा अर्कै दृश्य थियो । त्यहां छोरा रुदै झगडा गर्दै थियो, “नाई आज स्कुल जान्न । कसरी जाने स्कुल यस्तो पानीमा। आमालाई फकाउन हम्मे हम्मे । 

21 December, 2013

छुनुमुनु छुनुमुनु गर्दै आईन आगन मा छोरी......



घरका आधार भनेकै वास्तवमा छोरी नै हुन्छन । इष्टमित्र सबैसित ब्यवहार राख्नु र एकैपटकमा दुई–दुई परिवारको जिम्मेवारी कसरी मिलाउने भन्ने कुरामा धेरै सिपालु हुन्छन । कुनैपनि क्षेत्रमा उनी हरुको क्षमतालाई कम गरेर हेर्नै सकिदैन । तैपनि प्राकृतिक फरक त हुन्छ नै ।
त्यसै अनुसार ती सानी नानीहरुका पनि केही खास आवश्यकताहरु हुन्छन ।   आज को बिचार यीनै छोरीहरु को बारे

Related Posts Plugin for WordPress, Blogger...