29 May, 2016

देख्लान भन्ने चिन्ताले पिराेलेकाे मन.......

 "२०० च्यानल छन ..तर मन किन रमाउदैन, आनन्द किन आउदैन ?

धेरै कुराहरु लुकांउदा लुकाउंदा हाम्रो मन मस्तिष्क मा यति धेरै बोझ पर्न लाग्यो र पनि हामीलाई यदि ब्लड प्रेशर, शुगर, हार्ट प्राब्लम वा थायराइड देखिएन भने चमत्कार नै मान्नु पर्छ । 


चिठी .....सबैका साझा


अाज जति बेला हामी सबै कुरा लुकाउदै छाै , एउटा युग त्यस्तो पनि थियो, जहां घरमा कुनै चिट्ठी आएको छ भने त्यो चिठीपत्र घर भरीका लागि सबैका साझा मानिन्थ्यो ।
घरमा हजुरआमा, आमा बुवा, फुपुहरु वा अन्य नाता पर्ने हरुका चिट्ठीपत्र आई रहने । त्यो चिठी एक पटक पढेर पुग्दैनथ्यो । अनि पटक पटक पढदै  रमाउदै ती चिट्ठी लाई बडो जतनका साथ राख्ने गथ्र्यौ । त्यसैले अझै पनि घरका कागज पत्र खोतल्दा ती पत्र फेरी फेला पर्छन ।  अनि त्यही पत्र लाई राखेर सोधेको अनुसार जवाफ पनि लेखिन्थ्यो । कस्को घरमा गाई भैसी ब्यायो ?...... फलानो को ....के छ ?.......
 अर्थात सबै छर छिमेकीहरू को पनि हिसाब किताब राखिन्थ्यो ।
  आज भोली आफ्नो बा आमा को त चिन्ता हुदैन ,  गाइ भैसी का के कुरा ..।


चिठी पढी दिनु पर्ने.... 

त्यति बेला आफ्नो मात्रै होइन, छर छिमेक मा पनि पत्र पढन जानु पथ्र्यो र पढी दिने मात्रै न भइ आएको चिठी को जवाफ पनि लेखी दिने काम दायित्व भित्र पथ्र्यो । त्यसैले छिमेकी लाई पनि हामी सित केही लुकाउनु पर्ने चिन्ता थिएन ।

 खुला संसार -  दुनिया ले थाहा पाए पाओस     

पोस्टकार्ड


आजकाल , सबै कुरामा म्यारिज खेल्दा जोकर लुकाए जस्तो गर्ने गर्छौ, तर कुनै जमाना मा पोस्टकार्ड मा पनि आफ्नो कुरा हरु लेखेर पठाउने चलन थियो । सबै कुरा खुल्लम खुल्ला । जो कोहीले पनि पढन सक्ने । पढे पढोस  केही फरक पर्दैन । आज कसैले चिट्ठी पठाउन प–यो भने पोस्टकार्ड बाट पठाउने कुरा सोच्न पनि सक्दैन । अन्तरदेशीपत्र तर्फ पनि ध्यान जादैन ।

  • कहिलेकांही आउने पाहुना सित वाइफाइ पासवर्ड लुकाउछौ बरु मोबाइल मा राखिदिन्छौ । थाहा  पायो भने बर्वाद भइएला पर्ला झै गर्छौ ।   
  • हाम्रो चिठीपत्र अरुले पढीदेला भन्ने चिन्ता । 
  • फेसबुक र बाहियात स्पाम ले भरिएको इमेल को त के कुरा गर्नु कसैले देख्यो भने कि त बैक को धन सबै जाला कि त जेल बस्नु पर्ला भने झै गछौं ।   
  • आफ्ना आफन्त को सबै कुरा बाट हामी परिचित नै हुन्छौ तर पनि कुन्नी किन हो लुकाएकै जस्तो गर्छौ ।

हाम्रो मोबाइल म्यासेज : अरुले पढीदेला भन्ने चिन्ता ।


आखिर हामीले त्यस्तो के लेखेका हुन्छौ, या हामी लाइ किन यस्तो लाग्छ यो कुरा अरु  ले पढिदियो भने हाम्रो बेइज्जति होला, पोल खुल्छ वा नाकै काटिन्छ कि गरी लुकाउछौ । त्यसो त मोवाइल ले पनि समस्या समाधान गरिदिएको छ । एउटा कुना मा उभिएर कुरा गर्नुहोस, अर्को लाई थाहै हुदैन । झन आजका युवा पीढी ले त स्क्रीन लक पनि लगाएका हुन्छन ।  किन होला कुन्नी 


यसै पनि सबै यति ब्यस्त छन कि अर्काको मोवाइल चियाउने फुर्सत कसलाई हुन्छ र ?



 फोन को कुरा गर्दा सम्झना आयो  आज भन्दा ३०–४० वर्ष पहिला कसैकसै को घरमा मात्रै फोन हुन्थ्यो । त्यही नम्बर लाई सबैले आफ्ना आफन्त लाई दिने गर्थे । त्यति बेला मानिस पनि कति सम्बेदनशील, ती घरका मानिस ले सम्बन्धित छर छिमेकी लाई बोलाइ दिनु हुन्थ्योे ।


फोनमा कुरा गर्ने वा फोन गर्ने मानिस पनि कुन बेला फोन गर्ने हो कुन बेला गर्नु हुदैन भनी बिचार गर्थे । सबै कुरा फोन मा खुला हुन्थ्यो । कतै लुक्ने लुकाउने कुरै थिएन ।


त्यस पछि आयो पोर्टेबल ह्यान्डसेट । ....जता पनि लिएर जान मिल्ने । कसैले बाथरुम लैजाने कसैले घरको छत मा लैजाने । यसले त्यो खुलापन मा अलि बाधा ल्याउन थाल्यो तर मोवाइल आए पछि त सबै सीमा क्रस भए जस्तो ।

यहां यो कुरा बुझ्नु पर्ने छ कि कसैले कसैको कुरा सुन्न खोजि रहेको हुन्न । लौ मानौ सुनी हाल्यो रे ।  के नै हुन्छ त?

तर जो मानिस अरु सित कुरा गर्दा लुकाएर कुरा गर्दै छ उसैको मस्तिष्कमा  मेरो कुरा अरु ले सुनिरहेको छ भन्ने प्रेशर परि रहेको हुन्छ । यही समस्या को जरो हो ।

को सित के कुरा गर्ने हो, , कति भन्ने, कति लुकाउने हो ,  कस्को अगाडी कुरा गर्ने , यहां सम्म कि जो सित कुरा गर्न लागेका छौ -  उसलार्ई पनि सोध्ने गर्छौ–  एक्लै हौ ? हरे राम .. कुन युग मा बांची रहेका छौ हामी ?

यति सबै प्रेशर ले गर्दा ब्लड प्रेशर सामान्य नै छ भने ठुलै कुरा भयो .....



अाखिर हामी सबै कुरा लुकाएर के गर्न खोज्दै छौं पर्दा पछाडी ... । मोवाइलमा स्क्रीन लक को कुरा आउंदा प्रायः भन्ने गर्छु .. घरमा यदि केटा केटी ले यस्तो गर्छन भने सफा कुरा....केही न केही यस्तो अवश्य गर्दैछन - जस्लाई उनीहरु लुकाउन खोजी रहेका छन र यो कुरा ठीक हुन सक्दैन ...नैतिक अनैतिक को झण्झट मा म पर्न चाहन्न तर यति त अवश्य भन्न सक्छु यस्ता लुका छिपी खेल का परिणाम हामी प्रायः समाचार पत्र मा पढी रहेका हुन्छौ ।

आमा बाबु : मोटरको स्टेप्नी जस्तै

कति उन्मुक्त वातावरण भएको छ । प्रेमी प्रेमिका एउटै छतमुनी बसेका छन , बिहाको आवश्यकता छैन । केही वर्ष टेस्टिग गरे पछि , पास भए बिवाह को औपचारिकता पूरा गर्ने ... नभए आ आफ्नो बाटो लाग्ने । आमा बाबु इनवाल्व हुदैनन् वा गराइदैन ....मानौ उनीहरु स्टेप्नी जस्तै हुन मोटरको ।

टी भी र हाम्राे सम्बन्ध 



केही बर्ष पहिला मनोविज्ञान को एउटा सेमीनारमा प्रोफेसर सर ले एउटा अति राम्रो  कुरा भन्नु भएको थियो – "आज भन्दा ८–१० वर्ष पहिला हाम्रो टीभी, बैठक कोठा बाट आ–आफ्नो कोठामा जांदा यसले हामीहरुको सम्बन्ध मा पनि उस्तै असर पार्दै गयो ... जति पर टी.भी गयाे सम्बन्ध पनी त्यति पर गएकाे छ ".

 यही टीभी ले गर्दा एकछिन भएपनि हामी सबै संगै बसथ्यौं । .....समाचार पछि ..."हिजो आज का कुरा"  वा "पाकीस्तानी सीरिैयल" संगै हेर्ने गरिन्थ्यो....

अाज साना केटाकेटी तथा युवा हरुले कुन कन्टेन्ट हेर्ने हो भन्ने पनि सीमा भएन । पहिला जब घर परिवार का सबै बैठककोठामा बसी एक दुई घण्टा टीभी हेर्दा सबै लाई थाहा हुन्थ्यो - कहिले कुन असहज दृश्य आउंदा च्यानल चेन्ज गर्ने हो ...
घरका ठुलाहरू पनि केही बहाना गर्दै ५ मिनट का लागि उठी पनि हाल्थे .... तर शनै शनै सबै खुल्लम खुला, सारा परिवार हेर्न थाल्यो ।
अब मोबाइल सबै को हातमा छ .. सबै माेबाइल मा के हेर्दै छन कुन्नी ।  ५४ इन्ची ठुलो एल इ डी टीभी को अगाडी परिवार संगै बिरलै बस्छन जस्ताे लाग्छ । ...




२०० च्यानल छन ... तर मन किन रमाउदैन ?

टी भी को कुरा आउंदा सम्झना आउछ १९८० तिर ... त्यतिबेला भर्खरै टीभी आएको थियो । चार खुट्टे ब्ल्याक एन्ड ब्हाइट टीभी...जहां टोला भरी का सबै बीस तीस जना बसेर सातामा दुइ दिन आउने हिन्दी सिनेमा र दुइ दिन चित्रहार आनन्द ले हेर्ने गर्थे ।




आइतबार आउने रामायण र पछि महाभारत ले गर्दा कोठा बाहिर चप्पलको डंगूर । तर अचम्म !  भित्र पिन ड्रप साइलेन्स । कोही चू बोल्दैनन । एकाग्र चित्त भएर हेर्न मा मग्न । कति धैर्य हाे । अाज भाेली याे धैर्यता देखिन्न । मन मा कतै ब्यग्रता छ ।


 ... अब त प्रत्येक पल चित्रहार र प्रत्येक पल सिनेमा छन । ...

 तर फेरी घुमी फिरी त्यही कुरा,  ...२०० च्यानल छन ...तर मन किन रमाउदैन ? आनन्द किन आउदैन ।


साझा जिन्दगी :  खुला संसार 

 कम्प्लीकेटेड संसार  हामीले अाफै बनायाै । पहिला हामी एक अर्का सित धेरै कुरा ले जोडिएका थियौ । दाजु भाई, जेठानी देउरानी को के कुरा, छर छिमेकी सित पनि लुकाई छिपाइ थिएन । बिहेमा देखाउने गहना भन्दै सरसापट गरि एक अर्का को इज्जत ढाका ढाक गरेको अनेकौ उदाहरण छन । 

हाम्रा पुर्खा हरुले दुख बाडनु पर्छ भनेर त्यसै भनेका होइनन । यसका पछाडी गहन मनोबैज्ञानिक चिन्तन पनि छ । सबै लाई थाहा भएकै कुरा हो आफ्नो चिन्ता समस्या, दुख बाडे पछि मन हलुको हुन्छ । आजभोली साइको सोशल काउन्सिलिंग चर्चा निकै छ । यसको एउटा सूत्र यो पनि यही हो । खास गरि आत्महत्या का बिचार मनमा आएका लाई त यो अचूक औषधी हुन्छ । समस्या केलाए पछि सबै तिर अझै अन्धकार भइ सकेको रहेनछ । झिनो नै सही, आशाको किरण पनि देखिन्छ । 

आज को लागि यत्ति ...

 तपाईको पनि केही भनाई  भए स्वागत छ  ।

 ............नमस्ते बिनोद ज्ञवाली को ...........

अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद  






No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...