27 December, 2013

श्री कूलदेवतायै नमः



श्री कूलदेवतायै नमः




सम्पूर्ण ज्ञवाली परिवार सित सम्बन्धित सबैलाई अत्यंत जरुरी सूचना .....

श्री  मान आदरणीय ज्ञवाली बंधुहरू ,
ज्ञवाली  गुठीले  २०५७ साल मा तयार गरेको बंशावलीमा छुट भएका तथा त्यस पछि जन्म भएका छोराको नाम थप गर्न , महिला (छोरी तथा बुहारी ) को नाम, बिवाहिता को घर को थर तथा ठेगाना र बुहारी को माईत को थर तथा ठेगाना समेत समावेश गरी बंशावली को नया संस्करण तयार गर्न समिति गठन भई डेटा इंट्री को  कार्य भई रहेको छ .
 बंशावली अद्यावधिक गर्नु आफैमा ठुलो चुनौती हो . यस्तो काममा कुनै ब्यक्ति , संस्था र समूह को मात्र नभएर ज्ञवाली बंधुहरू सबै को चासो र सक्रिय सहयोगको आवश्यकता पर्दछ .

 हामी सबैले आआफ्नो क्षेत्रमा रहेका ज्ञवाली बंधुहरू को यथार्थ बिवरण संकलन गर्न सक्यौ भने मात्र हाम्रो उद्देश्य सफल हुन सक्द्छ .

यसका लागी गुठीले एउटा बिवरण फाराम तयार गरेको छ, ढांचा यस्ताे छ । 


 हामी सबैले आआफ्नो क्षेत्रमा रहेका ज्ञवाली बंधुहरू को यथार्थ बिवरण संकलन गर्न सक्यौ भने मात्र हाम्रो उद्देश्य सफल हुन सक्द्छ .

यसका लागी गुठीले एउटा बिवरण फाराम तयार गरेको छ

तपाई स्वयं तथा तपाई को क्षेत्रमा रहनु भएका ज्ञवाली बंधुहरू को विवरण फाराम अनुसार भरी वा भरन लगाई यही पौष मसान्त  सम्ममा ज्ञवाली गुठी, काठमाडू मा उपलब्ध गराई दिन हुन गुठी हार्दिक अनुरोध गर्दछ ......

फाराम कहाँ पाईन्छ , त्यो फाराम  कसरी भर्ने , कहाँ र कुन इमेल ठेगानामा पठाउने  आदि सबै खुलाएर फाराम , भरेको फाराम को नमूना , त्यस बारे ज्ञवाली गुठी को अनुरोध इत्यादि सबै  एक ठाउ मा राखी दिएको  छू  . आफ्ना आवश्कता अनुसार डाउनलोड गरी समय मा सम्ब्न्धित ठाउमा यथाशीघ्र पठाई दिनु हुन हार्दिक अनुरोध गर्दछु .
 तल का सबै फारामहरु  पीडीएफ मा छन
फाराम का लागी   यहाँ बाट  डाउनलोड गर्नुहोस   

भरेको नमूना फाराम फाराम भर्ने बारे जानकारी का लागी   यहाँ बाट डाउनलोड गरी हेर्नुहोस  

ज्ञवाली गुठी को अनुरोध  यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस
 
ज्ञवाली गुठी को जरुरी सूचना र आधिकारिक संपर्क बारे यहाँ हेर्नुहोस 

फाराम .doc format मा  यहाँ उपलब्ध छ

डाउनलोड मा कुनै किसिम को समस्या आयेमा कमेन्ट मार्फ़त वा
तल को इमेल मा जानकारी पाऊं
jnawaliv@yahoo.com


No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...