21 December, 2013

छुनुमुनु छुनुमुनु गर्दै आईन आगन मा छोरी......



घरका आधार भनेकै वास्तवमा छोरी नै हुन्छन । इष्टमित्र सबैसित ब्यवहार राख्नु र एकैपटकमा दुई–दुई परिवारको जिम्मेवारी कसरी मिलाउने भन्ने कुरामा धेरै सिपालु हुन्छन । कुनैपनि क्षेत्रमा उनी हरुको क्षमतालाई कम गरेर हेर्नै सकिदैन । तैपनि प्राकृतिक फरक त हुन्छ नै ।
त्यसै अनुसार ती सानी नानीहरुका पनि केही खास आवश्यकताहरु हुन्छन ।   आज को बिचार यीनै छोरीहरु को बारे



घरका आधार भनेकै वास्तवमा छोरी नै हुन्छन । इष्टमित्र सबैसित ब्यवहार राख्नु र एकैपटकमा दुई–दुई परिवारको जिम्मेवारी कसरी मिलाउने भन्ने कुरामा धेरै सिपालु हुन्छन । कुनैपनि क्षेत्रमा उनी हरुको क्षमतालाई कम गरेर हेर्नै सकिदैन । तैपनि प्राकृतिक फरक त हुन्छ नै । त्यसै अनुसार ती सानी नानीहरुका पनि केही खास आवश्यकताहरु हुन्छन ।  आजको बिचार यीनै छोरीहरुको बारेमा. .......


घरमा छोरी जन्मेको समाचार पाउना साथ आमाबाबुलाई हुर्काउने सम्बन्धी अनेक कुरा खेल्न थाल्छ .  समान किसिमको हुर्काइ भए पनि छोरा र छोरीमा भने एउटा स्वाभाविक फरक त हुन्छ नै ।




फरक शुरुबाटै देखिंछ :
छोराहरु अलि रफ टफ टाइप का हुन्छन । छोरी प्रायः शान्त तर आफ्नो बरपर को बातावरण प्रति अलि संवेदनशील देखिन्छन । केटीहरु प्राकृतिकरुपले नै कोमल मनका, अलि बढी संवेदनशील र सहनशील हुन्छन ।

उनीहरु केटाहरुका अपेक्षा अलि चाडै कुरागर्न सक्ने र उनीहरु सित शब्द भण्डार पनि धेरै हुन्छ । एकै पटकमा धेरै काम गर्ने (Multi-tasking) कुरामा केटा भन्दा धेरै सिपालु हुन्छन ।

कुनै कुरालाई डेप्थमा बुझ्न र कुनै पनी कामलाई ब्यवस्थित तरीकाले बुझ्ने क्षमताको बिकास केटी हरुमा चाडै नै हुन्छ । केटा भन्दा छिटो सुन्छन र एउटा काम लाई अर्को काम सित लय मिलाउने कुरामा  सजिलो अनुभव गर्छन । यीनै गुण र क्षमता का कारण तपाईकी छोरी, छोरा भन्दा असल हुन्छिन ।



एउटा कुरा बिचार गर्नुहोला ः

 हांस्दै खेल्दै गरेकी छोरी यदि गंभीर भएकी, खान पिउन न रुचाउने, कसै सित भेट्न मन नपराउने, डराए जस्तो ब्यवहार गर्न थालिन भने कसैले उसको बालापन लाई हानि पुर्याई रहेको छ कि ? यस उमेरमा केटाकेटी सेक्सुअल हरेसमेन्ट भन्ने थाहा पाउदैनन् । भन्न पनि डराउछन् । त्यसैले उनीहरुको मौनतालाई चिन्नुहोस ।

यस्तो बेला मा के गर्ने ?

 छोरीलाई स्नेहपुर्वक सोध्नुहोस ।

उसित सरोकार राख्ने ब्यक्तिहरुका बारेमा सोध्नुपर्छ. कसैले (घरमा काम गर्ने मानिस, डाइभर, वाचम्यान, टीचर, परिवारका अन्य सदस्य आदिले) उसित अचम्मको ब्यवहार गरे कि ?

उसलाई बुझाऊनु पर्छ कि उसबाट केही गलती भएको छैन, गल्ती त अर्को ले गरेको हो.

उसलाई यो पनि बिश्वास गराउनु पर्छ कि तिमी फोहरी होइन. तिमी त राम्री छौ ।

यदि छोरी रुन्छिन भने रुन दिनु पर्छ, यसरी उसको मन हलुंगो हुन्छ । यो जरुरी हो ।

छोरी हांस्ने खेल्नै घरबाट बाहिर आउने जाने गरी रहनुपर्छ ।

एक पटक सोधी सके पछि बारम्बार यस घटना को बारेमा फेरी उ सित कुरा नगर्ने । बरु चुप लागेर न बस्ने.  जो प्रति शंका छ खोजबीन गरी कार्यवाही चलाई सजाय दिलाउनु पर्छ ।
·    
  सबै गर्दा पनि छोरी नर्मल हुन सकिनन भने काउन्सिलर सित सल्लाहगर्नु पर्छ ।

............नमस्ते   विनाेद ज्ञवाली काे ................

अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भए, स्वागत छ । 
यदि तपाईलाई याे लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला । धन्यवाद। 













No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...