25 December, 2013

गूगल का केही ट्रिक्स र सिक्रेट्स


गूगल का केही ट्रिक्स र सिक्रेट्स



Google बारे हामी सबै लाई थाहा छ . हामी सबैले यसलाई सर्च इंजिनको रुपमा प्रयोगगर्दै आई रहेका छौं . हामीले  जहिलेपनी केही सुचना वा जानकारी चाहियो कि गूगलमा खोज्छौ . तर यस बाहेक गूगलका अरु पनी धेरै रहस्य छन . यस मध्धे केही तपाईलाई थाहा होला केही थाहा नहोला . आऊनुहोस र यसका केही ट्रिकका बारे हामीपनी जानौं .. केही रमाईलो का लागी केही जानकारी  






एक: तपाईलाई हाेला , गूगलमा जस्तोपनी हिसाब मज्जाले गर्न सकिन्छ . बिना क्याल्कुलेटर . पत्यार लाग्दैन, एक पटक गूगलको सर्चबारमा २+२ टाइप गरी इंटर थिच्नुहोस . तपाईंको अगाड़ी यसको जवाफ कासाथै एउटा क्याल्कुलेटर पनी आऊछ . यसैगरी तपाई अरुपनी क्याल्कुलेसन गर्न सक्नुहुन्छ .

दुई : तपाईलाई ग्राफ बनाउन पर्यो भने ... गूगलले ग्राफ पनी बनाऊछ . उदाहरण कालागी गूगलको सर्चबारमा तलको सूत्र हाल्नु भयो भने यस equation को आधारमा ग्राफ बनायो र त्यसको आकृति हार्ट जस्तो भयो . आफै गरेर हेर्नुहोस . सूत्र यस्तो छ
sqrt(cos(x))*cos(300x)+sqrt(abs(x))-0.7)*(4-x*x)^0.01, sqrt(6-x^2), -sqrt(6-x^2) from -4.5 to 4.5













तीन : यदि तपाईले यो शब्द लेखेर do a barrel roll   सर्च बटनमा क्लिक गर्नु भयो भने एउटा अचम्म देखा पर्छ . पुरै पेज फनक्क घुम्छ . रमाईलो लाग्छ . एक पटक गरेर हेर्नुहोस त
चार : गूगलको सर्चबारमा Askew  लेखेर सर्च बटन थिच्ने हो भने होम पेज अलिकती तेर्छो हुन्छ . योपनी हेर्दा रमाईलो लाग्छ .

पांच:  गूगलको सर्चबारमा zerg rush टाइप गरेर सर्च बटनमा क्लिक गर्नुहोस . कस्तो अचम्म को सीन देखिन्छ. सर्च गरेर जे रिजल्ट देखिन्छ त्यसलाई गूगलको ०० आएर खाई दिन्छ . वास्तवमा zerg rush भन्ने गेम हो र यो गूगलको होमपेजमा रन हुन थाल्छ.

छ : गूगलको सर्चबारमा यो शब्द टाइप गर्नुहोस - the answer to life, the universe and everything  यसको रिजल्टमा ४२ लेखेर आऊछ . अचम्मको जवाफ - जीवन र ब्रहमांडको जवाफ - अंक ४२ हो र ?    

अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भए, स्वागत छ । 
यदि तपाईलाई याे लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला । धन्यवाद। 

No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...