Showing posts with label sonpapadi. Show all posts
Showing posts with label sonpapadi. Show all posts

30 June, 2016

रामदेव बाबा पतन्जली स्टाेर र साेनपापडी

                  रामदेव बाबा पतन्जली स्टाेर र साेनपापडी



जेठ महिना , प्रचन्ड गर्मी , २०/३० जना अटाउने एउटा सानो हल। एयर कन्डीशन न भएको र हावाको लागि २ वटा सीलिग पंखा घुमी रहेका थिए । टेलीभिजन क्यामरा तयार पारिदै थियो । केही अासनी हरु बिछाइको थियो भुईमा । बीचमा तखत थियो सेतो कपडा ले छोपेको  र त्यहां तखत मा पनि केही आसनी राखिएको थियो । सात आठ जना स्वयम सेवक  यता उता गरि रहेका थिए । दृश्य हो - कृपालु बाग आश्रम को । केही समय को प्रतीक्षा पछि गेरुवा बस्त्र धारण गरेका,  काठ को खडाउ लगाएर बाबा रामदेव को प्रबेश भयो । उनका पछि सेतो बस्त्रधारी अन्य दुई जना पनि थिए , आचार्य कर्मवीर र आचार्य बालकृष्ण ।  भी अाकार भनाै वा तीर आकार , बनाएर तीनै जना बसे । अगाडी बाबा रामदेव र संगै तर अलि पछाडी जस्तो मा दुबै आचार्य हरु ।  सधै झै बाबा घुंडा मारेर बसे र बायां हात घुंडा माथी राख्दै दाहिने हत्केला आकाश तिर   फर्काए ......... यो बेला थियो उनकोे अनुलोम बिलोम प्रायाणाम को .....

....बाबा रामदेव को नाम आउंदा धेरै कुरा को सम्झना आउछ । .... आज भन्दा १२ १३ वर्ष पहिला..... भर्खर भर्खर बाबा रामदेवको कार्यक्रम टीभी मा आउन लागेको थियो । साझै बिहानै, जता ततै मानिसले दुबै हात का नङ घोटेको देखिन्थ्यो... कपाल कालो गराउन ।

Related Posts Plugin for WordPress, Blogger...