25 June, 2016

गुगल फाेटाेज

 गुगल फाेटाेज के हाे र यस लाइ कसरी प्रयाेग गर्ने

गुगल फोटोज किन प्रयोग गर्ने 

  • तपाईको मोवाइल मेमोरी फुल भयो ,फोटो ले भरियो । कता राख्ने <  
  • ल्यापटप मा सार्ने <
  •  कुनै दिन ल्यापटप पनि फुल भयो भने अनि के गर्ने <
  • बाहिर जांदा कहिले काही नागरिकता वा अन्य कुनै कागजपत्र लैजादा हामी पेन ड्राइभ मा लै जाने गछौ । मानौ पेन ड्राइभ खुलेन, अब के गर्ने <
  • खिचेको फोटोे तुरन्तै खोज्न परेछ । अब के गर्ने <
  • मानौ तपाई कुनैै पार्टी वा विवाह समारोह मा जानु भयो र त्यहां तपाई का साथीहरुले पनि आ आफ्नो मोवाइल मा फोटो खिचेका रहेछन ।  तपाइले खिचेको फोटो सबै सित शेयर गर्ने र उनी हरुले खिचेको फोटो पनि तपाइ सित साझा गर्नु परे कसो होला ।
यी र यस्तै समस्या को समाधान का लागि आउनुहोस सिकौं   गुगल फोटोज


फोटोहरु लाई म्यानेज गर्ने 




हाम्रा फोटोहरु बिभिन्न डिवाइस मा हुन्छन । फोटोहरु लाई म्यानेज गर्ने काम सजिलो होइन , फोटोहरु जताततै छरिएर रहेको हुन्छ । कतै ल्यापटप मा, मोवाइल क्यामरामा, हार्ड डिस्कमा कुनै फोटो मेमोरी कार्डमा । यस्तै मा चाहिएको बेला खोज्दा न भेटिने ।


अनि मेमोरी कार्ड फुल भए पछि त्यसलाई ल्यापटप वा एक्सटर्नल हार्डडिस्क मा राखिन्छ । धेरै भन्दा धेरै स्टोरेज स्पेस खोजी रहन्छौ । यी सबैका लागि एउटा समाधान छ   गुगल फोटोज ।

 के हो गुगल फोटोज  ।

गुगल फोटोज गुगल को एउटा प्रोडक्ट हो । यसका मद्यतले हामी सित

भएका सबै फोटोहरुलाइ ब्यवस्थित गर्ने गर्छौ ।

तेसो त अरु स्टोरेज एप्स पनि छन जस्तै ड्रप बक्स, गुगल डाइव आदि तर
 गुगल फोटोजको आफ्नै विशेषताले गर्दा यो अरु भन्दा फरक छ । 


  •  पहिलो कुरा त यो फोटोका लागि नै बनाइएको हो ।
  • दोस्रो यसमा यस्ता अरु फीचर छन जुन अन्य अनलाइन स्टोरेजमा पाइदैन । 

फोटोको लाइब्रेरी

यस लाइ यसरी बुझौ, जब हामी ले फोटोहरु लाई अपलोड गर्छौ अनि ती सबै तस्वीर लाई गुगलले आफ्नो सर्वर मा राख्छ ,लाइब्रेरी हरुमा किताब राखे जस्तै गरी । पछि हामीले त्यसैमा आफ्नो हिसाबले फोल्डर बनाएर बिभिन्न तरीकाले फोटो हरु मिलाएर राख्छौ । अनि जति बेला चाहियो त्यसलाइ संसारको जुन सुकै ठांउ बाट आवश्यकता अनुसार राख्न वा झिक्न सक्छौ । 

एक पटक तपाइले यसमा सेटिग गर्नु भयो भने त्यस पछि यसले आफै तपाइ ले फोटो खिच्ने बित्तिकै क्लाउड ब्याकअपमा राखि हाल्छ । 

तपाईका सारा डिवाइसका फोटोहरु लाई राखी दिन्छ र जुन सुकै बेला डाउनलोड गर्न सकिन्छ ।


अर्को कुरा यसमाा हामी ले अल्बम वा फोल्डर बनाउन सक्छौ , आवश्यकता अनुसार त्यस अल्बम लाई शेयर पनि गर्न सकिन्छ ।

शेयर्ड एल्बम

एउटा अर्को राम्रो फीचर के छ भने यदि कुनै यौटा अल्बम बनाएर अरु लाई पनि अनुमति दिनु भएको छ भने उनीहरुले पनि त्यस अल्बम मा उनीहरुले पनी फोटो हेर्न र राख्न सक्छन ।
;;; 
;सर्च गर्न सजिलो 

यसको अर्को ठुलो बिशेषता के हो भने बिजुलाइज सर्च । निकै सजिलो छ सर्च गर्न । यसमा राखेको फोटो लाई मिति अनुसार, खिचेको ठांउ अनुसार वा महिना अनुसार वा नाम अनुसार पनि खोज्न सक्छौ । मानौ कुनै यस्तो फोटो खोज्नु छ जहां नदी वा पोखरी छ अथवा जंगल छ वा मोटर कारहरु छन वा घरहरु छन भने त्यही अनुसार सर्च बक्स मा टाइप गरेर खोज्न सकिन्छ । लेडिज मात्र छन वा तपाईकोे फेस भएका सबै फोटो लाइ पनि सर्च गरेर हेर्न सकिन्छ ।

 पहिला यसको प्रयोग कसरी गर्ने बारे जानौं । 
यस लाई ल्यापटप वा पीसी बाट र स्मार्टफोन दुबै बाट प्रयोग गर्न सकिन्छ ।

पहिला ल्यापटप बाट गुगल फोटोज प्रयोग गरौ

ससबै भन्दा जरुरी कुरा के हो भने तपाई को जीमेल एकाउन्ट हुन पर्छ ।

 ब्राउजर मा टाइप गर्नुहोस  photos.google.com  यसरी गुगल फोटो को पेज खुल्छ ।











यस पछि Go To google photos  को बटन मा क्लिक गर्नु पर्छ । यहां तपाई ले गुगल एकाउन्ट बाट लगिन गर्नुहोस । यहां तपाईको जीमेल आइडी कोे यूजर नेम र पासवर्ड राखेर लगिन गरी गुगल फोटोज मा जानु पर्छ






अर्को तरीका पनि छ

यदि तपाइले गुगल क्रोम प्रयोग गर्दै हुनुहुन्छ भने 
chrome.goggle.com/webstore   टाइप गरेर पेज खोल्नुहोस ।

 एप्स मा क्लिक गरेर र क्रोम एप्स सेलेक्ट गरेर हामी एप्स सर्च गछौं ।







 Add to chrome  को बटनमा क्लिक गर्छौ र यसलाई हामी क्रोम ब्राउजर मा एटेच गर्छौ । यस पछि जहिले पनि गुगल फोटोज मा जान मन लागे त्यसैमा क्लिक गर्दै जान सजिलो हुन्छ ।

तपाई कोे स्मार्टफोन मा पहिला नै गुगल फोटो को एप्स होला । त्यसैमा ट्याप गर्नुहोस । नभए प्लेस्टोर बाट सजिलै डाउनलोड गर्न सकिन्छ । र ओपेन गरी लगिन गर्नुहोस ।

लगिन त भयो, अब के गर्ने 

  • सेटिगं मिलाउनु पर्छ
माथी बायां पट्टी तीन वटा धर्का छन । त्यसमा क्लिक गरेमा  मेन्यू जस्तो खुल्छ । त्यस मेन्यू मा Settings  छ । हामी त्यही Settings मा जान्छौं ।


यहां यसले फोटो र भिडियो को साइज र क्वालिटी बारे सोधी रहेको छ । यहां दुइ अप्सन छन् 

हाइ क्वालिटी सिलेक्ट गर्नु होस अथवा ओरिजनल फोटो क्वालिटी रोज्नु होस ।


 यी दुइमा के फरक छ 

हाई क्वालिटी १५ मेगा पिक्सल सम्मको फोटोलाई भनिएको हो । यदि हामीले हाई क्वालिटीमा चिन्ह लगायौ भने जति पनि फोटो राख्न स्पेस दिन्छ र भिडियो पनि १०८० पी को रेज्युल्युशन सम्मको लाई अनलिमिटेड स्पेश दिन्छ  । 


तर यदि तपाई प्रोफेशनल फोटोग्राफर हो सामान्य युजर होइन भने तपाईले ओरिजिनल भन्ने अप्शन मा टिक लगाउन बेस हुन्छ । यहां तपाई लाई १५ जी.बी. को स्टोरेज मात्र दिन्छ । त्यति ले पुगेन भने थप स्पेस किन्न पर्ने हुन्छ । त्यसैले यदि तपाई प्रोफेशनल फोटोग्राफर हो वा त्यस्तै केही हो भने त ओरिजिनल अप्शन रोज्नु बेश हुन्छ तर यदि तपाई  म जस्तै सामान्य युजर हो भने हाई क्वालिटी बिकल्प रोज्दा राम्रो हुन्छ ।  

अन्य बिकल्पहरु

Suggest New creation लेखेको छ । यो भनेको के हो भने तपाई ले फोटो हरु राखी सके पछि 

यीनै फोटो हरु को आधार मा एनीमेशन वा कोलाज आदि बनाउनु छ भने एउटा असिसटेन्ट दिने छ । यसको बारे मा अलि पछि ==========

Group similar faces  

यसमा एउटै जस्तो फेस लाई ग्रुप मिलाएर पनि राख्छ र पछि त्यही अनुसार देखाउछ । यस लाई चेक गरेकै राम्रो ।

अर्को बिकल्प छ  गुगल ड्राइभ मा भएको फोटो पनि देखाउने हो कि 



यदि गुगल तपाईले ड्राइभमा भएको फोटो पनि देखाउने हो भने यस लाई अन राख्नुहोस अन्यथा यसलाई बन्द गर्दा पनि हुन्छ ।
 तपाईले हुन्छ भने क्लिक गर्नुहोस अन्यथा बन्द गरे पनि तपाई को इच्छा । यसलाई मैले बन्द गरेको छू ।

Remove geo location यो भनेको फोटो जहां खिचेको हुन्छ त्यस ठांउ को लोकेशन गुगल ले फोटो मा ट्याग गरेको हुन्छ । यसै अनुसार फोटो लाइ मिलाउछ पनि । उदाहरण को लागि यदि तपाई बैकक मा फोटो खिच्नु भएको छ भने त्यही अनुसार फोटो पनि मिलाउछ । पछी गएर मेरो बैकक गएको बेला को फोटो खोज्न परेछ भने सर्च बक्स मा बैकक टाइप गर्ने हो भने सबै फोटो ल्याएर देखाउछ ।

तर धेरै मानिस ले प्राइवेसी भनेर यस लाई मन पराउदैनन । यदि यसमा टिक लगाउने हो भने यसले लोकेशन देखाउदैन । तर यदि अफ राख्ने हो भने लोकेशन देखाउछ । मैले यस लाइ अफ राखेको छू । यसैले फोटो कहां खिचेको हो त्यस अनुसार पनि देखाउदै जान्छ । 

यसरी सबै सेटिग मिलाइयो । यस पछि तपाई ले आफ्नो फोटो अपलोड गर्नु पर्ने हुन्छ । एक पटक फोटो हरु अपलोड गरे पछि तपाई को क्यामरा, मोबाइल, ल्यापटप आदि सारा बाट यसले ब्याकअप बनाउदै जान्छ । त्यस पछि तपाइले मोबाइल बाट फोटो खिच्ना साथ अटोमेटिक अपलोड गरी हाल्छ । पटक पटक अपलोड को झंझट गर्नु पर्दैन ।
अब अपलोड गर्ने । 

अपलोड यसरी गर्ने ।

चित्र मा देखाए जस्तै यहां देब्रे पट्टी तीन वटा साना बक्स छन । बीच को फोटो हो । यसै मा क्लिक गर्नु पर्छ । यहां क्लिक गरे पछि बादल जस्तोमा एरो को चित्र देखिन्छ । त्यहा क्लिक गर्ने हो । यसले फोल्डर ओपन गर्छ अनि आफुलाई अपलोड गर्न मन लागेको फोटो वा पुरै फोल्डर पनि देखाउन सकिन्छ । यसरी गुगल ले फोटो अपलोड गर्न थाल्छ । यसै गरी तपाई का सबै उपकरण मा जस्तै क्यामरा, ल्यापटप, फोन, ट्याब आदि जे जति छन सबै लाई अपलोड गर्दै जानु पर्छ ।
यहां धैर्य देखाउन पर्छ । फोटो को संख्या र अपलोड को स्पीड को आधार मा फोटो अपलोड हुने समय लाग्न सक्छ । जे होस राम्रो संग अपलोड हुन दिनु पर्छ ।
एक पटक तपाई को उपकरण चिने पछि अर्को पटक तपाई को फोटो यसले आफै अपलोड गर्छ । तपाई ले फोन को क्यामरा ले फोटो खिचे पछि वाइफाइ पाउना साथ अपलोड गरी मिति अनुसार ब्यवस्थित गरी राखी दिन्छ ।

फोटो हेर्ने
स्मार्ट फोन वाट होस वा ल्यापटप बाट फोटो हेर्न लाइ पहिला गुगल फोटो को आइकन मा किलक गर्नुहोस । यदि गुगल मा साइन इन हुनु भएको छैन भने साइन इन गर्नु होस । तपाई का सबै फोटो डेट मिलाएर राखेको छ ।

 फोल्डर बनाएर राख्ने


  पहिला सेलेक्ट गर्ने

फोटो सेलेक्ट गर्दा फोटो मा क्लिक गर्ने होइन ।


फोटो को बायां तर्फ सानो गोलो बनेको हुन्छ । त्यहां क्लिक गर्ने र Shift a6g Press गर्दै जति बटा सिलेक्ट गर्ने हो त्यहा सम्म डग गर्दै जाने । यसरी माथी पट्टी कति बटा सिलेक्ट गर्नु भयो त्यो देखाउछ ।
उदाहरण का लागि तपाई को नागरिकता, डाइभिग लाइसेन्स, ब्लुबुक, कलेजका डकुमेन्ट आदि सबै लाई सेलेक्ट गरेर -+_  चिन्ह भएको मा क्लिक गर्ने । 

अब create folder मा क्लिक गर्ने । यहां फोल्डर को नाम दिनु पर्छ । तपाई ले सेलेक्ट गरेका सबै फोटो त्यही फोल्डर मा आउछन । यसै गरीे सबै फोटो लाई ब्यवस्थित गर्न सकिन्छ ।

फोटो सर्च गर्ने ।

गुगल फोटोज मा फोटो सर्च गर्न बिजुअल सर्च को टुल दिएको छ । गुगल फोटोज मा प्रत्येक चित्र लाई हेर्दो रहेछ भने पनि हुन्छ ।


माथी सर्च बक्स छ । यसमा जे सर्च गरे पनि हुन्छ । जस्तै sky लेखेर सर्च गर्नु भयो भने आकाश देखिने जति वटा फोटो छन सबै फोटो ल्याउछ । त्यस्तै कार लेखेर सर्च गरियो भने जति बटा फोटो मा कार देखिन्छ सबै फोटो देखाउछ । car, river, tree, आदि जे लेखिन्छ त्यही आधार मा फोटो सर्च गर्छ ।
फोल्डर अप्शन मा क्लिक गरेर मानिस, ठांउ कोे आधार मा पनि सर्च गर्छ । पहिलो पटक यो मानिस को हो भनेर सोधेको बेला परिचय गराइ दिनु पर्छ । जस्तै भक्तपुर , झापा, इत्यादि को आधार मा पनि सर्च गर्छ ।









महिना वा साल को आधार मा पनि सर्च गर्न सकिन्छ ।

तपाई ले राखेको फोटो हरु लाई साल वा महिना वा तारीख को आधार मा पनि खोज्न सकिन्छ ।

शेयर्ड एल्बम


मानौ हामी कुनै पार्टी मा गएका छौ त्यहां ग्रुपका सबै जनाले आ आफ्नो मोबाइल बाट फोटो खिचेका छन भने एउटा शेयर्ड एलबम बनाउन सकिन्छ र त्यसमा जसलाई तपाइले अनुमति दिनुहन्छ ती सबै जनाले फोटो राख्न र  हेर्न सक्छन ।

अन्य फीचर हरु   कोलाज र एनिमेशन बनाउने

गुगल फोटोज ले तपाइको फोटोहरुलाई मिलाएर राम्रा राम्रा कोलाज र संगीत समेत को एनिमेशन बनाएर दिन्छ । यसमा तपाइलाई फोटो सिलेक्ट गरी दिनु पर्छ । बाकी काम उसैले गर्छ ।
 यसरी गर्ने   
          
मेन्यु को सबै भन्दा माथी को बटन असिस्टेन्ट को बटनमा क्लिक गर्ने हो भने केही क्रिएटिभ काम हरु गरेर दिन्छ ।

यदि कोलाज बनाउनु छ वा कम्ती मा २ र अधिकतम ९ वटा फोटो सिलेक्ट गरेर र एनिमेशन गर्नु छ भने २ भन्दा बढी र अधिकतम ५० वटा फोटो सिलेक्ट गर्नु पर्छ ।  

 शेयर एल्बम बनाउने अप्शन छ । तपाई ले बनाएको कोलाज हरु वा एनिमेशन लाई शेयर गर्नु छ भने पनि त्यस लाई शेयर एल्बम मा राखेर फेसबुक आदिमा शेयर गर्दा पनि हुन्छ ।


मोवाइल बाट यस्को प्रयोग यससरी गर्ने


तपाई को मोबाइल मा गुगल फोटोज एप्लीकेशन होला । त्यसलाई त्यही बाट ट्याप गरी अन गर्ने र बांकी 

सेटिग पहिला भनेको जस्तो गरी मिलाएर राख्ने ।




मोबाइल बाट बैकअप लिन को लागि डिवाइस एन्ड ब्याकअप मा क्लिक गरेर अन राख्नु पर्छ ।

 मोबाइल जीमेलमा लगिन भए पछि सबै फोटो हरु लाई ब्याकअप गरी राख्छ । यसै गरी क्यामरा को मेमोरी कार्ड, पेन ड्राइभ सबै यसै गरी ब्याकअप गर्छ । 

आज लाई यत्ति...

आगामी अंकमा Pinterest के हो र यसलाई यसरी प्रयोग गरौ बारे केही कुरा भन्ने छू ।

एउटा अनुरोध :
यो लेख तपाई लाई कस्तो लाग्यो ? यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 
यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक गरी दिनुहोला ,  धन्यवाद  

यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 
यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद  

--------------------------------------------------





No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...