ती दिन... ती
सम्झना ....
आज घरको
स्टोररुममा सरसफाई गर्दा पुरानो जमानाको होल्डाल भेटाए । अचानक मलाई ४० बर्ष पहिला
ती दिनको सम्झना आयो । आज तेसै को बारेमा केही कुरा शेयर गर्न मन लाग्यो .....
तेती बेला कतै यात्रा
वा औषधी गराउन प–यो वा तीर्थ आदि जानु प–यो भने बाटोमा ओढने, बिछाउने, एक दुई वटा दोलाई सीरक, काम्लो इत्यादि सबै लिएर हिडने गरिन्थ्यो । फस्र्ट क्लास भएपनि रेलमा आफ्नो
ओढने बिछाउने लिएर मानिसहरु हिडने गर्थे । ती सबै ओढने बिछाउने राख्नको लागि
होल्डाल हुन्थ्यो । होल्डाल, घरमा न भएमा फलानोको घर छ भन्दै मागेर ल्याउने
पनि गर्थे । नहुनेले चांही दरी,
तन्ना को भएपनि गुन्टा
भने बनाएर लैजाने गर्थे ।
पहिला होलडाल मा बिछौना, तन्ना, तकिया
चप्पल, सैडिल, रुमाल
अरु के के हुन के के सबै राख्थे । त्यस लाई गुन्टा पारेर पेटी कस्ने
पर्ने हुदा न सकेमा हामी हरु लाई होलडाल पेटी कस्न लागि त्यसमाथी चढन मद्त
का लागि बोलाइन्थ्यो । पेटी बन्द गरेमा सांच्चै नै कति आनन्द लाग्थ्यो । ठुलो काम
फत्ते गरे जस्तै । कहिले काहि धेरै जोश देखाउंदा पेटी नै चुडिन्थ्यो
। त्यस पछि अर्को उपाय खोज. . . डोरी खोज न भए कपडा को कुनै उपाय आदि । एक पटक
गुन्टा कसियो भने आधा यात्रा तयारी पूरा भए जस्तो ।
होलडाल न बेहोरेका लाई
त्येस लाई खोल्नु र बन्द गर्न कती कसरत गर्नु पथ्र्यो त्यसको कल्पना पनि गर्न
सक्दैनन होलान । पहिला त्यस लाई कस्ने (बन्द) गर्ने जतन, त्यस पछि
रिक्सा वा टांगामा पछाडी पट्टी राम्रो संग राख्ने ब्यवस्था मिलाउनु पर्ने । त्यति
मात्र नभई स्टेशन पुगे पछि रेल डिब्बा मा पुगाउनु पर्ने ब्यवस्था । यसैमा छर छिमेक
मा भेट गरी उनहरु को घरमा बहुमुल्य सामान का बाकस (सुन चादी का गहना आदि) जिम्मा
लगाए पछि मानिस युद्ध मैदान मा गए जस्तो ....। यो पनि कुनै एक घर को कुरा होइन, घर घर को
कथा हुन्थ्यो ।
आज भोली त्यसरी यात्रा
गर्नु परे के सकिन्थ्यो होला ।
अझ बनारस तिर बाट फर्कदा
त्यहां खरीद गरेका सामान, मिठाई पनि त्यसै मा अटाएर
मिलाउनु पर्ने ।
गाडीमा पुगे पछि मिले गाडी
मा नत्र स्टेशन मा यी मि. होल्डाल लार्ई खोलेर राखिथ्यो । अनि सबै जना लाई आ आफ्ना
चप्पल झिक्ने चटारो ...। पाइजामा अनिवार्य थियो । आज जस्तो घुडा सम्मको पैण्ट को
कुरै थिएन । अहिले त पैण्ट नै लगाएर सुत्ने गर्छन मानिस हरु एडभान्स भएर होला हामी
। तर त्यति बेला यस्तो थिएन । धर्के पैजामा लगाउने बेला भयो भनेको राती भएको
सम्झनु पथ्र्यो । हांसो उठछ आज भोली सम्झंदा ती पैजामा अस्पताल मा बिरामी ले
लगाउने लुगा जस्ता हुन्थे ।
लौ , होल्डाल खोल्ने बेला भयो ।
झिक सबैले र आ आफ्ना चप्पल, लुगा र
सुत्ने ब्यवस्था शुरु भयो । काम्लो वा सीरक आदि आवश्यकता अनुसार मात्र निकाल्ने
नभए होल्डाल समेत बिछाउना बनाउने ।
अयोध्या स्टेशन आयो । सबै
बाकस, होल्डाल, मानिस
जन्ती आए जस्तै घर पुग्दा सारा टोलाले थाहा पाउने गथ्र्यो हो फलानो घरमा पाहुना
आएछन ।
तेति बेला हाम्रा बुवा आमा
कति धैर्य धारण गर्न सक्ने हुनुहुदो रहेछ । कति हिम्मत भएका । अब आज
भोली त हामी पहिया लगाएको बाकस न भए हामी बाहिर नै जांदैनौ ।
एक पटक लखनउ मा एउटा कुल्ली
ले भनेको सम्झिन्छू , बाबु के
गर्नु, प्लास्टिकका पहिया भएका
बाकस चलन मा आए देखी हाम्रो रोजगारी खोसियो ।
जे होस, जसरी
पुगियो अब फेरी काम सकिए पछि फर्कने बेलामा तेही होल्डाल लाई गुण्टा पार्ने सकस ।
कहिले काहि त घर भरीका मानिस साना साना बच्चा बोक्दै होल्डाल बाध्ने लाइव प्रसारण
हुन्थ्यो ... भएन भएन चप्पल तेता होइन यता घुसार । दुबै तकिया एकै तर्फ राख , पूरा कमेन्ट्री शूरु
...उनीहरु लाई पनि होल्डाल कसेको हेर्दा आनन्द आइ रहेको हुन्थ्यो । फेरी त्यस लाई
बन्द गर्ने संघर्ष , हामी
केटा केटी फेरी त्यसमाथी चढेर उफ्रने ...जसरी भए पनि बेल्ट बाध्नु
पर्ने । कहिले काहि सामान धेरै भएमा त्यो होल्डाल यता उति बाट च्यातिने पनि
गथ्र्यो । केही पीर छैन । अर्को यात्रा भन्दा पहिला कुनै जुत्ता सिलाउने लाई दिएर
बनाउने ब्यवस्था छदै थियो ।
यी होल्डाल सबै सित
हुदैनथ्यो । अोल्लो घर पल्लो घर का मानिस कतै जानु परे मागेर ब्यवस्था गर्ने
गर्थे । कसै कसैले फिर्ता गर्दा च्यातिएको पनि ल्याउथे । हाम्री हजुरआमा धेरै बर्ष
सम्म सम्झनु हुन्थ्यो फलाना ले लिएर गएको फटाएर ल्याएदियो ।
फेरी अर्कै जमाना आयो - रेलमै बेडिग पाइन थाल्यो ।
खुशी लाग्यो .. लौ अब होल्डाल बोक्ने झण्झटै भएन । तर हावा भर्ने तकिया अति झण्झट
। फुक्दा फुक्दा मुख दुख्ने, सुत्ने बेला टाउकै न अडिने
। जे होस, त्यसको पनि त्यतिबेला निकै
चलन थियो ।
फेरी एउटा त्यस्तो पनि बेला
आयो- मानिसहरु
नयां चलनको हलुका फेसनदार होल्डाल बोक्न थाले । सजिलै उठाउन मिल्ने । कसैले फेरी
स्लीपिग बेग जस्तो लिएर हिडन थाले । सानो बेग जस्तो ... जिप खोलेर भित्र पसेर जिप
बन्द गर्थे ।
एउटा कुरा सम्झना आयो- तीन ब्यान्डको रेडियो पनि
त्यही होल्डाल भित्र राखिन्थ्यो । राति सुत्ने बेला समाचार सुन्न का लागि ।
------------------------------------------
अनुरोध :
यो लेख
तपाई लाई कस्तो लाग्यो ? यसमा व्यक्त गरिएका
विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भए, स्वागत
छ ।
यदि
तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला , धन्यवाद।
yeso photo pani rakheko bhaye ramro hune thiyo!
ReplyDeleteतपाई को प्रतिक्रिया को लागि धन्यवाद । आगामी दिनमा पनी यस्तै सुझाव दिएर हौसला बढाइदिनु हुने छ भन्ने आशा लिएको छू ।
Delete