07 January, 2014

आधुनिक उखान टुक्का




 

आज भोली रिमिक्सको जमाना, उखान टुक्का पुराना त हुदैनन तर सन्दर्भ 

पुराना भये . तेसो भये अब  के गर्ने त ? बाजे बराजुका पालाका पुराना 

उखान टुक्का आजको जमानामा रिमिक्स गर्ने . केही उखान टुक्का अली 

फरक रूपमा रिमिक्स भएर आएका छन. यसैको आनंद लिनुहोस 



मुर्ति चोरलाई पशुपति न गुहेश्वरी ।

नपाउनेले काँक्रो पायो चियामा चोबेर खायो ।

बाँदरको पुच्छर टाइ न इजार ।

तरुनी हुदा सयवटा पोइ, मर्ने बेला कोही न कोही ।

कलिउडको जात्रा तिघ्राको व्यापार ।

सित्तैमा पाए भट्टी रित्तै ।

के खोज्छस् नेता? कुर्सी ।

घाँटी हेरि हाइनेक किन्नु ।

रातभरि सराप्यो महाजन त जिउँदै  ।

जोगीको घरमा हिप्पी पाहुना ।

एकपटक पक्राउ परेको चोर पोष्टम्यानलाई देख्दा पनि भाग्छ ।

भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।

रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।

तोङ्बा तान्ने छोरालाई इन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन ।

घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

आमा पनि ब्युटी छोरी पनि ब्युटी, बाउले गर्नुपर्ने चुलाको ड्युटी ।

जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सिन्छ।

आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन डिङ्गो जुत्तामाथि ।

जसले बियर फोर्छ, उसको हात गन्हाउँछ ।

नशा भनेको सुर्तीले पनि दिन्छ।

आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष ।

खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ।

मनको लड्डु बियरसँग खा ।

जाडो भयो राती अनि बूढी ताती ।

  ---------------------------
अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 

1 comment :

Related Posts Plugin for WordPress, Blogger...