11 January, 2014

छोराछोरीलाई कस्तो बनाउने



 नमस्ते साथीहरु
अलि ब्यस्त भएको कारणले यस पालीको पोस्ट केही ढीला हुन गएको छ . यसपटक छोराछोरी हुर्काउने बारे केही कुरा ...

छोराछोरीलाई कस्तो बनाउने

हंसिलो बनाउने । 


बर्षाको मौसम। तराईतिर रात भरी मुसलधारे पानी । बिहान उठदा चारै तिर पानी पानीशान्ति भान्साको काममा ब्यस्त थिइन । काम धेरै बांकी छ केटाकेटीलाई स्कुल पठाउने चटारो । यत्तिकैमा छोराछोरी दुबै आए, ठुलो स्वरमा भने , “मम्मी , आहा  आज नाउ बाट स्कुल जान पर्ने भयो । नाउ बोलाउन फोन गर्नु पर्यो। शान्ति पनि कहां कम थिइन र . हांस्दै भनिन,तिमीहरुलाई स्वीमिग सिकाएको बल्ल काम लाग्ने भो । स्वीमिग गर्दै जाने आज । सबै हास्न थाले । उता छिमेकीको घरमा अर्कै दृश्य थियो । त्यहां छोरा रुदै झगडा गर्दै थियो, “नाई आज स्कुल जान्न । कसरी जाने स्कुल यस्तो पानीमा। आमालाई फकाउन हम्मे हम्मे । 


अर्को उदाहरण
रमेशको १२ बर्षे छोरा, अर्को स्कुलको टीमसित फुटवल म्याच पछि हारेर घर आएछ । बाबुले सोधे , के भयो तिमीहरुको आजको म्याच < छोराले सुनायो कथा, आफ्नो टीमले चार गोल खाएको । तर रमाइलो पारामा । स्वाभाविक ढंगले । अर्कोतिर उसका अन्य साथीहरु शोक मग्न थिए । सांझ खाना पनि खाएनन । भोकै सुते । 

परिवेश एउटै हो, बच्चाले फरक फरक ढंगले ब्यवहार गर्छन तपाईको बच्चाले कस्तो ब्यवहार गरोस भन्ने चाहनुहुन्छ । यदि तपाईले अलि विबेकपुर्ण ढंगले ब्यवहारगर्नु भयो भने आफ्नो बच्चालाई अप्ठ्यारो परिस्थितिमा पनि हांस्दै, संघर्ष गर्दै अगाडी बढन प्रेरित गर्न सक्नुहुन्छ । भनिन्छ केटाकेटी कांचो माटो जस्तै हुन । त्यसैले उनीहरुलाई जस्तो चाहे त्यस्तै रुपमा  ढाल्न सकिन्छ । संघर्षपूर्ण जिन्दगीमा अनेक उतार चढाव आउछन । सुखदुख आइनै रहन्छ । घोडा चढने मानिस नै लडछ । मानिसले राम्रो प्रयास गर्दा गर्दै पनि धेरै पटक सफल नहुन पनि सक्छ । 

यस्तै परिस्थितिकालागि हामीले आफ्ना बच्चालाई मानसिकरुपले तयारगर्न सक्नु पर्छ । जिन्दगीमा आइपर्ने अनेक किसिमको असफलताबाट पाठ सिक्दै, किन हार भयो भनेर केलाएर त्यसलाई चिरदै अगाडी बढने किसिमको ब्यक्तित्व निर्माणगर्ने वा निराश नकारात्मक धारणा बनाएको, कमजोर आत्मबिश्वास भएको ब्यक्तित्व निर्माण गर्ने । धेरै निराशा बढ्यो भने आत्महत्या गर्न पनि बेर लाग्दैन  । तपाई के चाहनुहुन्छ < 
के गर्ने होला
नागमाथी चढेर मुरली बजाउने
घरमा दैनिक ब्यवहारमा अनेक किसिमका बिपरीत परिस्थिति आई नै रहन्छन । कतै घुमफिर को योजना बनायो, परिस्थितिले अर्कै तिर डोर्याउछ । यस्तो बेलामा मुड जति अपसेट बनाएपनि केही उपाय लाग्दैन । अब कि दिन भरी झोक्रियेर बस्ने या जुन स्थिति आई लाग्यो तेसैमा रमाउने. यसै लाई attitude भन्छन . त्यसैले परिस्थितिलाई सहज ढंगले लिने परिपाटी शुरुबाटै बसाल्नु पर्छ । भगवान कृष्णले नागमाथी चढेर मुरली बजाएको चित्रले हामी लाई त्यही कुराको स्मरण गराउछ ।
आफुमाथी हांस्न सिक्ने 
यो सबै भन्दा महत्वपुर्ण पक्ष हो । अरुलाई उडाउन सबैलाई सजिलो लाग्छ । तर मुख्य कुरा यही हो आफुमाथी हांस्ने । यही कुरा हामीले सिक्ने र सिकाउने हो । तर यो त्यति कठिन पनि छैन । आफैबाट थालनी गर्नु पर्छ । सानै बाट सिकाउनु पर्छ । हामीले सही मार्गदर्शन गर्नसक्यौ भने, असफलतालाई हांसी हांसी सहजढंगले लिन सिकायौ भने त्यो बच्चा पछि जिन्दगीमा आउने अनेक किसिमका बाधा-ब्यवधानलाई सहजरुपले स्वीकारगरी अगाडी बढन सफल हुनेछ ।   

मानिस यदि हंसिलो पाराको छ भने यस्ता मानिस कुनै पनि समूहको आकर्षणको केन्द्र हुन बेर लाग्दैन । यस्ता ब्यक्ति सजिलै अर्काको मन जित्न सफल पनि हुन्छन र जिन्दगीका अनेक परीक्षामा सफल पनी हुन्छन् 
-----------------------------------------------------


अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 
 















No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...