30 January, 2014

किशोरकिशोरीको डरलाग्दो परिवेश



साथीहरु नमस्कार ! 
पछिल्लो २वर्षमा मैले बिभिन्न युवाक्लब/समुहहरुमा किशोर/किशोरीका समस्याबारे गरेको अंतर्क्रियाहरुमा, उनीहरु बाट ब्यक्त गरिएका समस्याहरुबाट केही तपाईहरुका समक्ष राख्दै छु । सहभागीहरु टीनएजर्स तपाईं हाम्रो परिवेश कै थिए. उनीहरुले केही ब्यक्त गरेका बिचार यस प्रकार छन् ।

·       आमाबाबुले मेरो कुरा पटक्कै बुझ्नुहुन्न ।
·       सांच्चै भन्ने हो भने मेरो घरै छैन ।
·       घरबाट भाग्न मन लाग्छ ।

·       शिक्षक को ब्यवहार मन पर्दैन ।
·       साथीहरुले गर्दा स्कुल नै छाडी दिउं कि ? 
·       साथीले लागु पदार्थ खाने दबाब दिन्छन, के गर्ने होला ।
·       मलाई आफै देखि दिक्क लाग्छ ।
·       म एक्लो भएको महसूस गर्छु
·       असाध्यै लाज लाग्छ . अगाड़ी गएर कुरा गर्न सक्दैन।
·       बिवाहपूर्ण यौनसम्बन्ध राख्दा के नराम्रो हुन्छ ?
·       परीक्षामा कसरी राम्रो मार्क्स ल्याउने होला ।
·       ध्यान एकाग्र हूंदैन  
·       कुन बिषय पढने होला मेरो क्यारियरको लागि
·       सांचो प्रेम हो कि होइन , कसरी थाहा पाऊं? 
·       अलिकति रक्सी पिउंदैमा के भो त ?
- कोही किशोरकिशोरीहरु घरमा लगाइएको बन्देजबाट दुखित छन, अरु राति अबेला सम्म बाहिर हुन्छन मलाई भने यति बजे घर पुग्नु पर्ने ....
- धेरैजसो किशोर किशोरीहरु नैराश्यपन तथा एकाकीपनको भावना बाट पीडित हुन्छन ।
उपरोक्त बिषयहरुमा आगामी दिनमा छलफल गरौला .  तर आज किशोर/किशोरीको डरलाग्दो परिवेश बारे केही कुरा गरौ ।

न केटाकेटी न युवा 



टीनएजका केटाकेटी, उमेरको त्यो चरणमा पुगेका हुन्छन जहां उनीहरुले आफ्नो पहिचान खोजी रहेका हुन्छन । उदाहरणका लागि एउटा किशोरी , आफ्नो पहिचान (sex role Identification) खोजी रहेकी हुन्छिन । उनी केटाकेटी उमेर पार गरेकी तर युवतीहरुले उनलाई आफ्नो दर्जामा नमिलाएको। तेसैले न केटाकेटीमा न युवतीमा गनिन्छन । उनी स्वंय कन्फ्युज्ड हुन्छिन । यसैले उनीहरु कुनै समारोहको अवसरमा बयस्क युवतीले गरेको सिंगार पटार ध्यानले अवलोकन गरी रहेकी हुन्छिन, स्कुलमा कुनै समारोह होस वा घर परिवारमा, उनीहरु साडी लगाउने मौका छोपी रहेका हुन्छन । उता किशोरहरु पनि उनीहरु पनि रोल मोडेल खोजी रहेका हुन्छन,  उनीहरु पनि पहिचान खोजी रहेका हुन्छन । 
 ठुलो देखिने चाहना 
बयस्क देखिने चाहना मन भित्र चली रहेको हुन्छ,  दुर्भाग्यले त्यही चाहनाको दबाबले गर्दा चुरोटखाने, ठुला मानिस सरह हावभाव र सिनेमामा देखाएको हीरो को  क्रियाकलाप प्रदर्शन गर्ने गर्छन । यो समय उनीहरुको जिन्दगीमा अनेक थरीका अनिश्चितता र मानसिक उतार चढावले भरिएको हुन्छ । यसै बेला आमाबाबुको सही मार्ग दर्शन चाहिन्छ र समुचित मार्गदर्शन भएन भने छोरा छोरी बहकिन बेर लाग्दैन ।   


 उनीहरुको बेग्लै दुनिया  

हामीले आफ्ना छोरा छोरीलाई चाहिने कुरा सके सम्म उपलब्ध गराई रहेकै छौं तर सबै कुरा बाहिरी रुपमा राम्रो र असल, ठीकठाक देखिए पनि भित्री रुपमा सहज र सुन्दर न हुन सक्छ । 
मनोबिज्ञानको दृटिले सबै भन्दा पीडित यदि कोही छ भने ती हुन किशोर किशोरी । उनीहरुको दुनिया बेग्लै हुन्छ । उनीहरुको संसार अत्यन्त डर लाग्दो हुन सक्छ । 

-कतिले आफ्ना साथीहरु लागु पदार्थ को दलदलमा जाकिएको देखि रहेका हुन्छन , कतिले आफ्नो साथी लाई अपराधको संसार मा धसिन लागेको देखि रहेका हुन्छन .  तर बिडम्बना, घर वा बाहिर कसैलाई भन्न नमिल्ने ।
-    - अनेक किशोर वा किशोरी आफ्ना साथी बाट यौन सम्पर्क राख्ने दबाब झेली रहेका हुन सक्छ ।
-   - कति दौतरी समुह को दबाब बाट समस्याग्रस्त भएको हुन सक्छ ।
-   केहीले  घर परिवार र बिद्यालयको दबाबले मनमा आत्महत्या को बिचार उब्जाई रहेको हुन सक्छ, हाम्रो योग्यता के कति छ भन्ने कुरा न परिवार ले बुझ्दैनन तर यति परसेन्ट माक्र्स न आए पढाउन सकिदैन भन्दै दिइ रहने दबाब
-   - कोही छोरीको उमेर भयो भन्दै उनिहरु को पढने चाहना विपरीत  बिहे गरिदिने दबाब आदि आदि.....

नैतिक समर्थन को खोजी
- जीवनमा आइपर्ने समस्यासित जुझ्ने कुरामा उनीहरु अझै अनुभवहीन नै हुन्छन । अनुभवहीन भएको हुनाले तीनीहरु असुरक्षामा फसेका हुन्छन । उनीहरु तात्कालिक लालसामा डुबेका हुन सक्छन।
- शारिरिक र रासायनिक परिवर्तनलेगर्दा समस्याग्रस्त भावना (Emotional Problem) को सामनाका शिकार भएका हुन्छन ।  उनीहरु लजालू र एक्लोपन महसूस गरेका हुन सक्छन । मेरो कुरा कसैले बुझ्दैन भनेर झडंगिने पनि गर्छन । 
- यस्तोबेला अरु साथीको पनि माया चाहिन्छ, सहानुभुति पनि चाहिन्छ तर कसै-कसैलाई स्कुलमा साथी बनाउन गाहरो भईरहेको हुन्छ ।
-   कुनै किशोरी लाई आफुलाई चाहिएको बेला बजार जान वा कतै जाने साथी भेटिदैन ।
- कोही कोही साह्रै एक्लो भईरहेका हुन्छन । 
 यस्ता बिभिन्न समस्या सित जुध्न किशोरकिशोरीहरुले घर परिवारबाट बलियो नैतिक समर्थन खोजी रहेका हुन्छन । यसले उनी हरु
  •  -  उचित निर्णय गर्न 
  • -   असल मित्र रोज्न सहायक हुन्छ . 
- यस्तो समयमा देखिने अन्य भावनात्मक समस्या (Emotional problems) पनि  अभिभावक हरुले बुझ्नु पर्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ. जस्तै संवेगात्मक उतार चढावले गर्दा उनीहरु कहिले अति खुशी र उत्साहीहुने अनि एकैछिनमा फेरि 
चिंताग्रस्त देखिनु,नबोल्ने, रिसाउनेझर्किने हुन्छन । - शरीरमा हुने हार्मोन तथा अन्य रासायनिक परिवर्तन ले ल्याएको संवेगात्मक उतार चढाव हो .  
-    उनीहरु आफनै रोमान्टिक दुनियामा हुन्छन ।  

-   यस्तै बेला उनीहरु रोल मोडेलको खोजीमा भौतारिएका हुन्छन । न युवा युवतीमा न त केटा केटीमा गनिने भएको ले भुमरीमा परेका हुन्छन । त्यसमा पनि कस्तो युवा वा कस्ती युवतीको रुपमा आफुलाई ढाल्ने भन्नेपनि समस्या हुन्छ । 

  उनीहरुलाई यसरी मद्दत गर्ने  
उनको मनमा के भई रहेको छ बुझने -
-   - उनीहरु लाई राम्रो सित अवलोकन गर्नु पर्छ । ब्यवहारमा आएको परिवर्तन लाई राम्रो सित नियाल्ने
- - तर उनीहरुको मन भित्र के भई रहेछ भनेर जान्ने एउटै उपाय हो प्रश्न सोध्ने ।
  संचार कायम राख्ने
 धेरै जसो आमाबाबु का बीच बोलचाल बंद भएको हुन्छ . विशेषगरि बाबु सित. छोरो बोल्दैन भन्ने गुनासो प्राय सुनिन्छ.  
  यदि कुनै आमाबाबुलाई आफ्नो किशोर छोराछोरी सित संचार टुटेको जस्तो लाग्छ भने बिस्तारै कुराकानी गर्दै संचार कायम गर्ने ।
-   किशोर/किशोरी सित उनीहरुको मनको कुरा बुझन पर्याप्त समय र धैर्य चाहिन्छ ।
 उनी आगो तपाईं पानी



 हार्मोन्समा भएको परिवर्तनले गर्दा मलाई कसैले बुझ्दैन भन्ने लाग्छ .म आफु सही छु भनी आफ्नो कुरा माथि पार्न रिस देखाउने मौका पनि खोजी रहेका हुन्छन् . यस्तो बेला प्राय बाबुहरु बहस गर्न थाल्छन वा रिस देखाउने गर्छन. परिणाम आफै विचार गर्नुहोस . तेसैले रिस नदेखाउने . शांत भावले तर दृढ़ताका साथ आफ्नो कुरा राख्ने .    
  ख़ुशीको  कुरा
  आफ्ना छोराछोरीको जीवनमा सांच्चै शामिल हुन तपाईलाई कडा संघर्ष गर्नू पर्छ । आफूलाई बदल्नु पर्छ । तेसो गर्न सक्नु भयो भने केटाकेटी बहकीने छैनन . खुशीको खबर यो कुरा धेरैले गर्दैछन ।
--------------------------
अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 


 
 










 


No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...