01 February, 2014

सिनेमाका कुरा

नमस्ते साथीहरु,



सानैदेखि सिनेमा भनेपछि हुरुक्क हुन्थे म । अझै पनि हुन्छु ।

हाम्रो जीवनको बिविध पक्षमा हिन्दी सिनेमाले प्रभाव पारेको हुन्छ– प्रत्यक्ष वा परोक्ष रुपमा । अझ चलचित्रको (बिशेषगरी पचास देखी सत्तरीका दशक ताकाका) गीतले जीवनका बिविध पक्ष समेटेको हुंदा हाम्रो मानसिक अवस्था सित ठ्याक्कै मिल्ने गीत सित हामी जोडिदै गएका हुन्छौ ।

तर यसको शुरुवात भने आज भन्दा सय वर्ष पहिला  ३ मे, १९१३ मा भयो ।  त्यसदिन ढुंढिराज गोविन्द फाल्के ले “लाइट“ “क्यामरा“ “एक्शन“ भन्दै पहिलो फिचर फिल्म रिलिज गरे – राजा हरिशचन्द्र ।

यसबारे कुनै दिन कुरा गरांैला ।  आज बोल्ने सिनेमा का कुरा गर्न मन लाग्यो ..........
   -----------------------------------------------------
– १४ मार्च १९३१, हिन्दी सिनेमाका लागि ऐतिहासिक दिन । पहिलो पटक बम्बईको म्याजिस्टिक टकिजमा बोल्ने सिनेमा रिलिज हुंदै थियो ।

यसका निर्माता निर्देशक थिए अर्देशर ईरानी । यस भन्दा पहिला बोल्ने सिनेमा भारतमा बनेका थिएनन् ।

– अर्देशर एम ईरानीले पहिलो पटक पूरा लम्बाई भएको बोल्ने फिल्म “आलमआरा” रिलिज गरे पनि बिश्वमा पहिलो बोल्ने सिनेमा “दि जज सिंगर(The jazz Singer) अमेरिकामा सन् १९२७ मा निर्माण भएको थियो र २२ अक्टोबर १९२९ मा लन्डनमा प्रदर्शित भएको थियो ।

त्यति बेला नबोल्ने वा मूक सिनेमा सामान्यतया डे लाइटमा शूटिंग गर्ने चलन थियो तर  “आलमआरा” चाहिं राति मा कृत्रिम प्रकाशमा शूटिग गरियो .  अर्देशर एम ईरानी आफैले रेकर्डिग र फिल्मका लागि भनेर साउन्ड रेकर्डिग बिषय अध्ययन गरेका थिए  ।

- आलमआराको  अर्को मुख्य कुरा के थियो भने यो फिल्म बिदेशी टेक्निशियनको सहयोग न लिई जम्मा ४ महिनामा निर्माण सम्पन्न भएको थियो ।यसको जम्मा लम्बार्ई १० हजार ५सय फिट र लागत ४० हजार रुपैया  थियो ।

१४ मार्च १९३१ का दिन म्याजेस्टिक टकिज गिरगांव बम्बईमा यो फिल्म रिलिज के भयो मानौ ठुलै बिस्फोट भयो । यस फिल्मको एउटा गीत “दे दे खुदा के नाम पर प्यारे“ सुपरहिट भएको थियो ।

- भारतमा सन् १९३० सम्म १९४ बटा नबोल्ने सिनेमा निर्माण भए । यसै गरी १९३१ मा २०१ बटा रिलिज भए ।
तर आलमआराले प्रदर्शन बाट के स्पष्ट भयो भने नबोल्ने सिनेमा भन्दा बोल्ने सिनेमाले मानिस लाई धेरै नै आकर्षित गर्छ ।  तर पनि नबोल्ने फिल्म बन्दै थिए ।
- आलमआरा पहिलो बोल्ने सिनेमा भएता पनि त्यो बर्षको हिट फिल्म भने मदन थिएटर कलकत्ताको  लैला मजनू शींरी फरहाद िथए।  यी दुबै सिनेमा एकै पटक तीन बटा थिएटरमा प्रदर्शित भएका थिए ।
- जे होस, बोल्ने सिनेमाको युगका साथै मूक सिनेमा अब ओरालो लाग्न शुरु हुन थाल्यो । १९३१ मा २०१ नबोल्ने सिनेमा थिए .  १९३२ मा ६५, १९३३ मा ४१ र १९३४ मा जम्मा ७ बटा नबोल्ने सिनेमा निर्माण भए । त्यस पछि १९३५ मा एउटा पनि बनेन । यता बोल्ने सिनेमा भने त्यही रफ्तारमा बन्दै गए । १९४७ मा हिन्दी भाषाका  बोल्ने  सिनेमाको संख्या १८५ थियो ।

-  यहां एउटा कुरा  के भने सन् १९८० मा ७४२ बटा सिनेमा निर्माण भए त्यस मध्ये हिन्दी भाषामा निर्माण भएको सिनेमाको संख्या जम्मा १४५ थियो । यसले के थाहा हुन्छ भने पछि आएर अन्य भाषामा बनेका सिनेमा सित तुलना गर्दा हिन्दी सिनेमाको प्रोडक्शन बढेन .  बरु घट्यो ।
- सत्तरीका दशक ताका  उही पटक पटक प्रयोग गरेर बाक्क भएको फर्मूला फिल्महरुले आत्तिएको बेला कहिले कांहि श्याम बेनेगल, बासु चटर्जी, हृषिकेश मुखर्जी, मृणाल सेन जस्ता निर्देशकका सिनेमा मनमा आनन्दको अनूभूति गराउथे त्यसै गरी त्यतिबेला पनि हन्टरवाली, बैरिस्टर की पत्नि, राधाकृष्ण, बिलासी ईश्वर जस्ता सिनेमाका बाढका बीच तीन बटा फिल्म कम्पनी यस्ता पनि थिए जसले राम्रा हिन्दी सिनेमा दर्शक सामु ल्याउदथे । यी तीन कम्पनी थिए– न्यू थिएटर्स, प्रभात र बाम्बे टाकिज

Bombay Talkies
- यता शनै शनै मोशन पिक्चरमा पनि प्रगति हुंदै गयो । सबै भन्दा पहिलाको ब्याक ग्राउन्ड संगीतको सिनेमा थियो “पूरन भगत“ । देवकी बोस त्यसका निर्देशक थिए । खासै नया कथा बस्तु न भए पनि यस सिनेमाले त्यतिबेलाका साधारण होस वो प्रबुद्ध, सबै लाई सम्मोहित पार्न सफल भयो । बास्तवमा त्यो सिनेमा हेर्दा दर्शकहरुले केही परिवर्तन भएको पाए । बास्तवमा आर सी बोरालले पहिलो पटक अर्केस्ट्राको प्रयोग गरेका थिए । पूरन भगतको लोक कथा लाई राम्रो सित ध्वनिको स्वाभाविक र रचनात्मक तरीकाले मिलाएर प्रस्तुत  गरिएको थियो ।

वी शान्तारामले पहिलो पटक एक्शन फिल्म ल्याए – जलती निशानी

 यो फिल्म पनि हिट भयो र यसैलाई हेरेर तूफान मेल, हन्टरवाली आए १९३२ मा । यस बेला सम्म कुनै हीरो वा हिरोइनले गीत गाएनन ।
पाश्र्व गायन को चलन आयो सन् १९३५ बाट । नितिन बोस को सिनेमा “धूपछांव“ बाट ।
यसै बीच बम्बे टकीज ले ल्यायो अछूत कन्या १९३६ मा .  यस फिल्म मा थिए अशोक कुमार र देविका रानी . पहिला अर्कै हीरो हेरोईन को चयन गरिएको थियो . तर ति हीरो ले हिरोईन लाई लिएर बेपत्ता भये . अनि अशोक कुमार लाई रोजियो .  त्यति खेर बम्बे टकीज मा हिमांशु राय , निरंजन पाल र देविका रानी थिए तेस कारण  देविका रानी आफै मुख्य भूमिका मा खेल्न आईन








शेष अर्को पटक
 -------------------------------------------------------------
                   





       अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 
यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद                                       

No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...