साथीहरु, नमस्ते
पछिल्लो अंकमा मैले किशोरकिशोरीहरु सित अंतक्रिया गर्दा उनीहरुले उठाएका केही प्रश्न बारे चर्चा गरेको थिएँ . तेसैको कड़ी को रुपमा आज को लेख . यस बिषयलाई सामान्यतया जेनेरेशन ग्याप भनेर हलुका ढंगले लिने गरेको छ . तर जेनेरेशन ग्याप भन्दा पनी एक अर्काको भावना लाई बुझने प्रयत्न को रुपमा लिनु राम्रो हुन्छ होला .
पछिल्लो अंकमा मैले किशोरकिशोरीहरु सित अंतक्रिया गर्दा उनीहरुले उठाएका केही प्रश्न बारे चर्चा गरेको थिएँ . तेसैको कड़ी को रुपमा आज को लेख . यस बिषयलाई सामान्यतया जेनेरेशन ग्याप भनेर हलुका ढंगले लिने गरेको छ . तर जेनेरेशन ग्याप भन्दा पनी एक अर्काको भावना लाई बुझने प्रयत्न को रुपमा लिनु राम्रो हुन्छ होला .
किशोरकिशोरीका कुरा
आफ्नो कुरा बुझिदिउन भन्ने सबैको चाहना हो । यो स्वाभाविक हो । मानवीय गुण हो । तर आफुलाई राम्रो लाग्ने वा मनपर्ने कुरा आमाबाबुले मन पराई दिएनन भने कसलाई चित्त दुख्दैन र ?
र धेरै जसो
परिवारमा किशोर किशोरी र आमाबाबू बीच यस्तै समस्या देखिन्छ ।
शनिवारको दिन । सौगातले म्युजिक प्लेयरमा एउटा नया लोकप्रिय अंगे्रजी पपगीत
बजाई रहेको
थियो । मर्निगवाक बाट फर्केर बाबु घर आउदा के मूड चलेछ कुन्नी, एक्कासी तलैबाट
चिच्याए,“बन्द गर , एक बिहान यस्तो
गीत । भक्तराज आचार्यको भजन बजाए हुदैन ? .....“।
परिणाम, बाजा पनि चुप,
बाबु पनि चुप । उता छोरो भुनभुनाई रहेको थियो,
“यही भएर घरमा बस्नै मन लाग्दैन“ ।
“आामाबाबुलाई नै बुझ्ने हो कि ?“
आमाबुवाका पनि तपाईका जस्तै भावना हुन्छ भनेर बुझिदिए उहांहरु लाई बुझ्न
सकिन्छ । उहांहरु
आफ्नै पिरलो होला, तर त्यो पिरलो पोख्न पाउनु भएको छैन होला । छोराछोरीको
अनेकौं गल्ती
पनि ढाकछोप गर्नु परेकै छ – दुनियाको अगाडी ।
“मेरा आमाबाबु महान हुनुहुन्छ । सानो छंदा मलाई त्यस्तै लाग्थ्यो । उहांहरुबाट कुनै गल्ती नै हुन
सक्दैन । “ बिमला संम्झिदै भन्छिन, “तर अचानक बुबा खस्नु भयो र आमा एक्लैले सात जना छोराछोरी
हुर्काउनु प–यो । धेरै पटक मैले आमा लाई एक्लै राति मा रोएको देखेकी छु । अनि मलाई थाहा भयो,
उहांहरुका पनि भावना छन, गल्ती उहांबाट
पनि अनेक पटक हुन्छ । आखिर उहांहरु पनि त मानिस नै हो ।“ त्यसकारण आमाबाबुबारे पनि अलिकति ध्यान दिने हो कि?
आमाबाबु बारे बुझन धेरै सजिलो छ ? प्रयास
मात्र चाहिन्छ ।
कुरागर्ने समय निकालेर र कुरा गर्नुहोस — आमालाई उहां किशोरी हुंदाका कुरा कोट्याउनुहोस
·
- बिवाह भए पछि र नयां घरमा आएको बेलाको कस्तो अनुभव भयो ? त्यस बारे कुरा गर्नुहोस ।
- त्यति बेला उहांको के कस्ता इच्छा थिए ? कति पुरा भए ? कति हुन सकेनन ?
- अब के इच्छा छ ? कुनै अधुरा सपना पुरा गर्न सकिन्छ कि ?
- के कस्ता भावना थिए भन्ने बारेमा कुरा खोतल्नुहोस ।
यसरी आमाले मेरो भावना बुझ्छ भन्ने कुरा महसूस गर्न थाल्नु भयोभने तपाईको
भावना अझ राम्रोसित बुझ्ने प्रयास गर्नु हुन्छ । बुआको बारे मा पनि त्यही कुरा हो
।
एक अर्कासित चिनापर्ची ।
शिशिरले आफ्नो अनुभव बताएको थियो , “मैले कहिल्यै बुआसित यसरी कुरा गरेको थिइन , सुस्त
सुस्त कुरा गर्दै गएं । केही दिन पछि बल्ल मलाई उहांबारे धेरै नया कुरा थाहा भयो । मलाई बुआको बारे धेरै नया कुरा थाहा भयो । सांच्चै भन्ने हो भने मलाई बुआको बारेमा केही पनि थाहा रहेनछ । तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । शुरु मात्र गर्नु पर्छ । आज सम्म हामीले आफ्ना भावना मात्र ब्यक्त गरी रहेका छौं भने अब उहांहरु का भावना पनि बुझ्ने कोशिश गरौं न त ?
सुस्त कुरा गर्दै गएं । केही दिन पछि बल्ल मलाई उहांबारे धेरै नया कुरा थाहा भयो । मलाई बुआको बारे धेरै नया कुरा थाहा भयो । सांच्चै भन्ने हो भने मलाई बुआको बारेमा केही पनि थाहा रहेनछ । तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । शुरु मात्र गर्नु पर्छ । आज सम्म हामीले आफ्ना भावना मात्र ब्यक्त गरी रहेका छौं भने अब उहांहरु का भावना पनि बुझ्ने कोशिश गरौं न त ?
ब्यक्तित्व बिकास मा मद्दत
आमाबाबुसित नियमित कुरा गर्ने बानी बसालौं –
फरक दृष्टिकोण को महत्व
यस भन्दा पहिला तपाईले आफ्ना दौतरीसित मात्रै ब्यवहार गर्नु भएको
छ भने त्यो दृष्टिकोण सीमित हुन्छ । पाको उमेर का ब्यक्तिहरु
सित संगत गर्न थाल्नु भयो भने जीवन प्रति तपाईको धारणा फराकिलो
हुनेछ । अहिले सम्म कुनै कुरा लाई जुन भिजनले हेर्दै आउनु भएको
छ त्यो भन्दा बेग्लै दृष्टिकोण पाउनु हुनेछ । शायद तपाईलाई सबै कुरा उपयुक्त न लाग्ला तर अर्को
एंगलबाट पनि त हेर्ने मौका पाइन्छ ।
नयां साथी – ब्यक्तित्व बिकास
एक जना किशोर भन्छन, “पहिला पहिला आफू
भन्दा ठुलासित कुरै मिल्दैनथ्यो । त्यसैले कतै बिहे वा भोज भतेर मा जानु प–यो भने “चिनेको छैन” भन्दै जान
पन्छिन्थे । बाध्यताले बिहे ब्रतबन्धमा बाबुआमासित जानु पर्योभने एकान्तमा गएर
बस्ने गर्थे । कुनै उपाय नै थिएन तर पछि बुआ आमा सित कुरा गर्ने बानी बसालेको ले
मैले आमाबाबुका उमेरका ब्यक्तिहरुलाई पनि साथी बनाउन सफल भए । यसले मेरोे
दृष्टिकोण फराकिलो पनि भयो ।” यदि आमाबाबुसित
कुरा गर्ने बानी बसाल्नु भयोभने बाहिरी दुनियामा पनि बयस्कहरुसित छिट्टै ब्यवहार
गर्न सजिलो हुन्छ र सजिलै बहांहरुलाई साथी बनाउन सक्नुहुन्छ ।
बादबिवाद नगर्ने
यदि आमाबाबुले कुनै कुरा मा आवश्यक बन्देज लगाउनु भयोभने पनि मैले मात्र गरेको
हो र ? अरुले पनि त गर्छन नि ?
भन्दै वाद बिवाद नगर्ने । बरु शान्त भावले
यथार्थ कुरा भन्ने । नआत्तिनुहोस
प्रभाव अवश्य पर्छ .
नाई भनेको अर्थ कुरा नबुझेको होइन
तपाईको आमाबाबुले नाई वा हुदैन भन्नुको अर्थ के बास्तवमा तपाईको कुरा नबुझेको
हो त? होइन । वास्तवमा
उहांहरुले तपाईलाई सम्भावित खतराबाट जोगाउन खोजी रहनु भएको छ । यो न गर्नु ,
त्यो नगर्नु, यति बजे घर आउनु आदि कुराले तपाइ लाई दिक्क लाग्न सक्छ तर
तपाई लाई पनि यो कुरा पनि सही हो कि उहाहरुले तपाईंको चिन्ता गरि रहनु भएको छ ।
काम लाग्ने टिप्स
- तपाई लाई जस्तो सुकै गित सुन्न मन लाग्छ भने पनि सुन्नुहोस । भोल्यूम सानो गरी वा इयरफोनबाट जति सुन्दा पनि हुन्छ तर कहिले काही घरमा बुआ भएको बेला (राम्रो मूड भएको बेला)उहांलाई मन पर्ने गीत भक्तराज, नारायण गोपाल, रफी, लता, किशोर जे मन पर्छ, बजाई दिनुहोस । तर उहालाई सुनाएको जस्तो गरेर होइन , तपाई लाई मन परेको रुपमा, – तपाईलाई बोर लागे पनि । यसको परिणाम – तपाई प्रति बहांको दृष्टिकोणमा सकारात्मक परिवर्तन
- आमाको रुचि बुझ्नुहोस । के कुरा मन पर्छ , संगीत हो वा सीरियलहरु हो । त्यही बिषयमा कुरा गर्ने ।
- यदि घरमा हजुरआमा÷हजुरबुआ हुनुहुन्छभने उहांहरुको रुचि बुझेर रामायण,स्वस्थानी, शिवपुराण, महाभारतका क्लिपिगहरु वा उहाहरुका जमानाका गीत पनि बजाई दिने ।
- आज भोलीका युवा बारे वहांको बिचार बुझ्ने, छलफल गर्ने, तर बिवाद नगर्ने , बिचार मात्रै बुझ्नेहो ।
आपसी बिश्वास र स्नेहले परिवारमा बलियो सुरक्षा
ल्याउछ । यो माया हो, जसले
घरलाई घर बनाउछ ।
मानिसले चिन्ता, दुख, थकाई सबैकुरा त्यही घरको
मायाको न्यानोपनामा बिर्सिन्छ । तर प्रयास एक्लैले
गरेर हुदैन । सबैको सहयोग
चाहिन्छ ।
अन्त्य मा,
इरेजर को कथा
एक पटक पेन्सिलले इरेजर सित भनी, “मलाई क्षमा गरिदेउ ।”
इरेजरले सोधी, “किन तिमी यसो
भन्छौ ?”
पेन्सिल भन्छे , “मैले गर्दा
तिमीले धेरै दुख पायौ । मैले कुनै गल्ती
गर्दा तिमी हत्तपत्त सच्याउन आउछ्यौ ।
मेरा गल्तीलाई सच्याउंदा
सच्याउंदा तिमीले स्वयं आफ्नो बलिदान दिन्छ्यौ र गर्दा
गर्दा एक दिन
आफ्नो अस्तित्व नै मेटाउछ्यौ ।”
इरेजरले भनी, “तिमीले भनेको ठीक
हो । तर पनि मेरो अस्तित्व हराएकोमा मलाई कुनै पछुतो छैन,
मेरो जन्म नै तिम्रो गल्ती सुधार्नका लागि भएको हो । तिम्रो
गल्ती मेटाउने काम मैले गरिनभने
अर्को कोही आउला, मेरो सट्टामा यस्तै काम गर्न । मेरो जीवन नै यस्तो हो । भो ,
तिमीले धेरै पीर
न गर । तिमीलाई पीर गरेको
सुहाउदैन ।
के पेन्सिल र इरेजरको कुराकानीले हामीलाई आमाबाबुको झझल्को दिदैन ? हाम्रा आमाबाबु इरेजर
जस्तै हुन । आफ्ना
छोराछोरी का गल्ती सुधार्न जहिले पनि अगाडी सर्दै आउनु भएको छ । त्यसैले
आमाबाबुलाई बुझने प्रयास गरौं ।
------------------------------------
तपाईंलाई यस लेख बारे थप केही भन्नु छ वा केही सुझाव छन भने लेखी पठाउनु होला
अनुरोध :
यो लेख
तपाई लाई कस्तो लाग्यो ? यसमा व्यक्त गरिएका
विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भए, स्वागत
छ ।
यदि
तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला , धन्यवाद।
No comments :
Post a Comment