06 February, 2014

NINITE: सोफ्टवेयर अपडेट र इनस्टॉल गर्नका लागि सजिलो, fast र safe तरीका




नमस्ते साथी हरु ,
आज तपाईंहरुका लागी सफ्टवेयर इंस्टाल गर्नका लागी सबै भन्दा सजिलो, fast र safe  तरीका ल्याएको छू त्यो हो  NINITE :
मैले अाफैले सफ्टवेयर अपडेट गर्नु परेमा यसैकाे प्रयाेग गर्छू । निनिट काे हाेमपेज मा गएर अाफुलाइ चाहिएकाे सफ्टवेयर मा टिक लगाएर  Pick the apps you want मा  दिएकाे  लिस्ट मा  चिन्ह लगाएर GET YOUR NINITE मा क्लिक गर्नुहाेस ।
के हो NINITE:? 

सफ्टवेयर डाउनलाेड गरि इन्सटल गर्न  NINITE प्रयाेेग गर्नुहाेस । 

 हामीलाई ल्यापटप वा डेस्कटपमा बिभिन्न कामका लागी थरी-थरीका सफ्टवेयर चाहि राखेको हुन्छ तर इन्टरनेटबाट सफ्टवेयर डाउनलोड गरेर राख्दा, धेरै पटक सुरक्षित नहुन सक्छ ।  अनावश्यक अन्य टूल हरु र न चाहिदा टूलबारहरू जबरजस्ती इंस्टाल हुन्छन, 

दाेस्राे कहिले नेक्स्ट नेक्स्ट ओके, यस, नो आदि को झंझट हुन्छ. सफ्टवेयर पुरानो वर्जन पर्यो भने नया वर्जन खोज्नुपर्ने अर्को समस्या . यी सबै झंझंट बाट मुक्ति दिन्छ NINITE ले . 


NINITE प्रयोग गर्न एकदम सजिलो छ त ?.

NINITE आफैमा कुनै सफ्टवेयर होईन. यो फ्री वेब सर्विस हो. यसबाट हामीले आफुलाई काम लाग्ने 

सफ्टवेयर सजिलै इंस्टाल वा अपग्रेड गर्न सक्छौ. एक पटक तपाईं यहाँ क्लिक गरेर होम पेजमा 

गएपछि  तेसमा हामीलाई चाहिने सफ्टवेयरको लिस्ट दिएको हुन्छ. आफुलाई चाहिने सफ्टवेयर 
रोजेर Get Installer मा क्लिक गर्नु पर्छ. एउटा exe फाइल डाउनलोड हुन्छ. यसैलाई NINITE  INSTALLER भन्छन. तेही exe फाइलमा डबल क्लिक गरे पछि सबै काम यसैले गरी दिन्छ.

NINITE प्रयोग गर्दा के  फाईदा हुन्छ ?
  •        जुनसुकै सफ्टवेयर इंस्टाल गर्दा नेक्स्ट नेक्स्ट मा क्लिक गर्न पर्दैन. सफ्टवेयर इंस्टल गर्दा
पटक पटक नेक्स्ट बटनमा क्लिक गरी रहनु पर्दैन . एक पटक NINITE  INSTALLER मा क्लिक 

   गरेपछि ढुक्कले बसे हुन्छ. सबै तेसैले गर्छ. 
  •           न चाहिंदो टूल बार बाट मुक्ति कुनै कुनै सफ्टवेयर का साथ एंटी वायरस, अथवा न 
 चाहिंदा टूलबार जबरजस्ती  आई लाग्छन. जसले जाने का हुन्छन तिनी हरुले एस्ता लाई इंस्टाल गर्दैनन तर जसलाई थाहा छैन उनी हरुले भने दुःख पाऊछन. यस्ता लाई NINITE ले इनस्टॉल हुनबाट रोक्छ.
  •    न कुनै अकाउंट न कुनै बाधा :  NINITE  मा कुनै अकाउंट बनाऊन पर्देंन . लगिन का झंझट पनी छैन . अरु कुनै समस्या पनी आउदेंन
३   
  • ३२ बिट कि ६४ बिट : तपाईंको ल्यापटपमा ३२ बिट लाग्छ कि ६४ बिट को. NINITE ले आफै
हिसाब गरेर कुन सबै भन्दा राम्रो हुन्छ तेही वर्जन इनस्टॉल गरि दिन्छ. हामी लाई चिंता गर्नु पर्दैन.   

अब तपाईंलाई सफ्टवेयर इंस्टाल गर्नु परेको छ वा भएको सफ्टवेयर अपग्रेड गर्नु परेको छ भने NINITE प्रयोग गरे हुन्छ . 

-----------------------------------

अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 
यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद  


 

No comments :

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...