नमस्ते साथीहरु
अलि ब्यस्त भएको कारणले यस पालीको पोस्ट केही ढीला हुन गएको छ . यसपटक छोराछोरी हुर्काउने बारे केही कुरा ...
छोराछोरीलाई कस्तो बनाउने
हंसिलो बनाउने ।
बर्षाको मौसम। तराईतिर रात भरी मुसलधारे पानी । बिहान उठदा
चारै तिर पानी पानी, शान्ति भान्साको
काममा ब्यस्त थिइन । काम धेरै बांकी छ केटाकेटीलाई स्कुल पठाउने चटारो । यत्तिकैमा
छोराछोरी दुबै आए, ठुलो स्वरमा भने , “मम्मी , आहा आज नाउ बाट स्कुल जान
पर्ने भयो । नाउ बोलाउन फोन गर्नु पर्यो“ । शान्ति पनि कहां कम थिइन
र . हांस्दै भनिन,तिमीहरुलाई स्वीमिग सिकाएको
बल्ल काम लाग्ने भो । स्वीमिग गर्दै जाने आज । सबै हास्न थाले । उता छिमेकीको
घरमा अर्कै दृश्य थियो । त्यहां छोरा रुदै झगडा गर्दै थियो, “नाई आज
स्कुल जान्न । कसरी जाने स्कुल यस्तो पानीमा“ । आमालाई फकाउन हम्मे हम्मे
।