30 January, 2014

किशोरकिशोरीको डरलाग्दो परिवेश



साथीहरु नमस्कार ! 
पछिल्लो २वर्षमा मैले बिभिन्न युवाक्लब/समुहहरुमा किशोर/किशोरीका समस्याबारे गरेको अंतर्क्रियाहरुमा, उनीहरु बाट ब्यक्त गरिएका समस्याहरुबाट केही तपाईहरुका समक्ष राख्दै छु । सहभागीहरु टीनएजर्स तपाईं हाम्रो परिवेश कै थिए. उनीहरुले केही ब्यक्त गरेका बिचार यस प्रकार छन् ।

·       आमाबाबुले मेरो कुरा पटक्कै बुझ्नुहुन्न ।
·       सांच्चै भन्ने हो भने मेरो घरै छैन ।
·       घरबाट भाग्न मन लाग्छ ।

23 January, 2014

हाई क्वालिटी भिडियो प्लेएरका साथै टी भी , यु ट्यूब र रेडियो को पनी आनंद लिनुहोस .




नमस्ते साथी हरु,
यस पटक तपाईंका लागी एउटा यस्तो प्लेएर ल्याएको छु जस बाट हाई क्वालिटीको भिडियो चलाउनु का साथै यु ट्यूब को भिडियो, लाईभ टीभी हेर्न र रेडियो पनी सुन्न सकिन्छ. 

आज भोली हाई क्वालिटीका भिडियो चलन चलतीमा छन जसलाई पुराना भिडियो प्लेयरले सपोर्ट गर्दैनन. तेस्लाई चलाउन आधुनिक भिडियो प्लयेर चाहिन्छ. तेसो त इन्टरनेटमा धेरै किसिमका प्लेयरहरु उपलब्ध छन. तर यो प्लेयरले सबै फर्मेटका हाई क्वालिटी का भिडियो चलाउनु का साथै लाईभ टी भी, रेडियो र यू ट्यूबका भिडियो पनी हेर्ने सुबिधा दिन्छ.
    

यस रेडियो बाट नेपाल लगाएत विश्व भरीका कुनै पनी देशको एफ एम् स्टेसन सुन्न सकिन्छ . मेची देखि महाकालीका बिभिन्न ठाउका एफ एम् सुन्न का लागी प्रयोग गर्न सकिन्छ . तपाईं 
अनलाइन काम गर्दै रेडियो सुन्न चाहनु हुन्छ भने टूल्स tab बाट shoutcast मा जानु पर्छ . पहिलो पटक रेडियो स्ट्रीमिंग गर्छ. सर्चमा गएर नेपाल, इंडिया वा अन्य कुनै देश को नाम सर्च गरेमा त्यहाँ उपलब्ध स्टेशन को सूचि देखाउछ, आफूलाई मनपर्ने स्टेशन छनोट गरी सुन्नु होस.   .
 यस बारे अझ बढ़ी बुझ्न र यो प्लेयर डाउनलोडगर्न यहाँ क्लिक गर्नु होस    
---------------------------------------------------
अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 
 

15 January, 2014

जुनसुकै वेवपेजलाई पीडिएफ वा इमेजको रुपमा सेव गर्नुहोस ।




कहिलेकाहि  इन्टरनेटमा सर्फिग गरी रहेका बेला हामीलाई  कति पटक मनपरेको
सामग्रीलाई सुरक्षित गर्न मन लाग्छ तर समस्या आउछ कसरीगर्ने । प्रिन्ट स्क्रीन  ले त्यति काम लाग्दैन । एउटा सीमित पार्ट लाई मात्र सेव गरिन्छ । अर्को कुरा त्यो चित्रको रुपमा हुन्छ । त्यसलाई अन्य उपयोग कालागि कपि गर्न काम नलाग्ने । यस्तै बेलामा काम लाग्ने एउटा उपाय ल्याएको छु ।

11 January, 2014

छोराछोरीलाई कस्तो बनाउने



 नमस्ते साथीहरु
अलि ब्यस्त भएको कारणले यस पालीको पोस्ट केही ढीला हुन गएको छ . यसपटक छोराछोरी हुर्काउने बारे केही कुरा ...

छोराछोरीलाई कस्तो बनाउने

हंसिलो बनाउने । 


बर्षाको मौसम। तराईतिर रात भरी मुसलधारे पानी । बिहान उठदा चारै तिर पानी पानीशान्ति भान्साको काममा ब्यस्त थिइन । काम धेरै बांकी छ केटाकेटीलाई स्कुल पठाउने चटारो । यत्तिकैमा छोराछोरी दुबै आए, ठुलो स्वरमा भने , “मम्मी , आहा  आज नाउ बाट स्कुल जान पर्ने भयो । नाउ बोलाउन फोन गर्नु पर्यो। शान्ति पनि कहां कम थिइन र . हांस्दै भनिन,तिमीहरुलाई स्वीमिग सिकाएको बल्ल काम लाग्ने भो । स्वीमिग गर्दै जाने आज । सबै हास्न थाले । उता छिमेकीको घरमा अर्कै दृश्य थियो । त्यहां छोरा रुदै झगडा गर्दै थियो, “नाई आज स्कुल जान्न । कसरी जाने स्कुल यस्तो पानीमा। आमालाई फकाउन हम्मे हम्मे । 

07 January, 2014

आधुनिक उखान टुक्का




 

आज भोली रिमिक्सको जमाना, उखान टुक्का पुराना त हुदैनन तर सन्दर्भ 

पुराना भये . तेसो भये अब  के गर्ने त ? बाजे बराजुका पालाका पुराना 

उखान टुक्का आजको जमानामा रिमिक्स गर्ने . केही उखान टुक्का अली 

फरक रूपमा रिमिक्स भएर आएका छन. यसैको आनंद लिनुहोस 


29 December, 2013

तपाईको ल्यापटपमा पेनड्राइव घुसारेर अब कसैले पनि मनपरी गर्न पाऊनेछैन



तपाईको ल्यापटपमा पेनड्राइव घुसारेर अब कसैले पनि मनपरी गर्न पाऊनेछैन





तपाईको ल्यापटपबाट तपाईको इच्छा बिपरीत कसैले युसबी पेन ड्राइव वा मेमोरी कार्डबाट डेटा लगेको मन पर्दैन भने यसलाई USB Disabler बाट सजिलै रोक्न सक्नुहुन्छ -  

USB Disabler, सानो पोर्टेबल टूल हो जसले तपाईको ल्यापटपमा युसबी ड्राइवलाई कण्ट्रोलगर्न मद्दत गर्छ.
यसमा ३ थरी अप्शन हुन्छ -

१) Disable- यसले तपाईको ल्यापटपमा USB ड्राइव लक गर्छ. अर्थात कसैले उपयोग गर्न सक्दैनन.  

२) read only- यसले पेनड्राइव वा डेटा कार्ड हालेर read मात्र गर्न मिल्छ. डेटा write गर्न मिल्दैन.

३) normal- यो अप्शनले USB ड्राइव सामान्य ढंगले काम गर्छ .
जम्मा 900 केबी को फ्री पोर्टेबल टूल  । डाउनलोड गरेर अनज़िप गर्नुहोस. तेती गरे पुग्छ . इंस्टाल पनी गर्नु पर्दैन

डाउनलाेड गर्न यहा क्लिक गर्नु हाेस 

अनुरोध : 
यो लेख तपाई लाई कस्तो लाग्यो यसमा व्यक्त गरिएका विचार बारे तपाईको केही प्रतिक्रिया वा सुझाव भएस्वागत छ । 

यदि तपाईलाई यो लेख मन पर्यो भने लाइक तथा शेयर बटनमा क्लिक गरी दिनुहोला ,  धन्यवाद 

27 December, 2013

श्री कूलदेवतायै नमः



श्री कूलदेवतायै नमः




सम्पूर्ण ज्ञवाली परिवार सित सम्बन्धित सबैलाई अत्यंत जरुरी सूचना .....

श्री  मान आदरणीय ज्ञवाली बंधुहरू ,
ज्ञवाली  गुठीले  २०५७ साल मा तयार गरेको बंशावलीमा छुट भएका तथा त्यस पछि जन्म भएका छोराको नाम थप गर्न , महिला (छोरी तथा बुहारी ) को नाम, बिवाहिता को घर को थर तथा ठेगाना र बुहारी को माईत को थर तथा ठेगाना समेत समावेश गरी बंशावली को नया संस्करण तयार गर्न समिति गठन भई डेटा इंट्री को  कार्य भई रहेको छ .
 बंशावली अद्यावधिक गर्नु आफैमा ठुलो चुनौती हो . यस्तो काममा कुनै ब्यक्ति , संस्था र समूह को मात्र नभएर ज्ञवाली बंधुहरू सबै को चासो र सक्रिय सहयोगको आवश्यकता पर्दछ .

 हामी सबैले आआफ्नो क्षेत्रमा रहेका ज्ञवाली बंधुहरू को यथार्थ बिवरण संकलन गर्न सक्यौ भने मात्र हाम्रो उद्देश्य सफल हुन सक्द्छ .

यसका लागी गुठीले एउटा बिवरण फाराम तयार गरेको छ, ढांचा यस्ताे छ । 
Related Posts Plugin for WordPress, Blogger...